निर्वाचन आयुक्तलाई १५ करोडकाे विलासी गाडी
प्रकासित मिति : २०७४ असार ३१, शनिबार ०१:१०
प्रकासित समय : ०१:१०
करोडौं मूल्यका गाडी हुँदाहुँदै निर्वाचन आयोगले प्रमुख आयुक्त र चार आयुक्तका लागि करिब १५ करोडका विलासी गाडी किन्ने प्रक्रिया अघि बढाएको छ ।
निर्वाचनपिच्छे करोडौंका गाडी खरिद गर्दै आएको आयोगले यसपटक पनि प्रमुख आयुक्त र चार आयुक्तका लागि कार खरिद प्रक्रिया अघि बढाएको खबर आजको नागरिक दैनिकमा छ ।
आयोगले पाँचवटा एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) कार खरिदका लागि बोलपत्र आह्वान गरेको छ । एसयुभी सुरक्षित र अत्याधुनिक गाडी मानिन्छ । एउटा कारको मूल्य दुई करोड ३० लाखदेखि साढे तीन करोड रुपैयाँसम्म पर्छ ।