स्थानिय तहकाे चुनावकाे लागि ओलीले ‘र’बाट पैसा लगेकाे अाराेप

नेकपा एमालेका अध्यक्ष केपी ओलिलार्इ स्थानीय तहको चुनावका लागि ‘रअ’ ले पैसा दिएको आरोप लागेको छ । आजको युनाईटेड पोष्टमा खबर छ– सोमबार पार्टी मुख्यालय धुम्रबाराहीमा बसेको स्थायी समिति बैठकमा युरोपियन यूनियनले नेपालमा क्रिश्चियनको प्रचारका लागि एमाले निकटका एनजिओमार्फत निर्वाचन खर्च दिएको आरोप लगार्इएको छ ।

केपी ओलीले पनि लैनचौरस्थित भारतीय दूतावासमा रातिराति पुगेर सल्लाह लिने गरेको स्रोतको दाबी छ । स्थायी समिति बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र उपाध्क्ष बामदेब गौतमले एमालेलाई चुनावमा खर्च गर्ने पैसा कहाँबाट आयो भनेर प्रश्न उठाएका थिए । तर, अध्यक्ष ओलीले गोलमटोल जवाफ दिए ।

चित्तबुझ्दो जवाफ नआएपछि नेपाल, खनाल र गौतमले क्षणिक लाभका लागि राष्ट्र र राष्ट्रियतालाई बन्धक राखेर पैसा लिन नहुने धारणा राखेको उच्च स्रोतले जनायो ।