रानीबारी हत्याकाण्डका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला

जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । प्रहरी अनुसन्धानका क्रममा मनराज र प्रमेशले पैसा लिएर हत्या गरेका हुन् ।

२०५९ साल असार ३१ गते काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने एक इन्जिनियर दम्पतिको हत्या भएको थियो । १५ वर्ष अघि भएको उक्त हत्या काण्डका अभियुक्त दुई वर्षअघि पक्राउ परेका थिए।

रानीबारीमा इन्जिनियर हेमबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्जली श्रेष्ठलाई धारिलो खुकुरी प्रहार गरि हत्या भएको थियो । तर, उनीहरुको ‘टार्गेट’ भने श्रेष्ठ दम्पती नभएर घरबेटी गीता खड्का थिइन्, जो म्यान पावर व्यवसायी थिइन् र अहिले देश बाहिर छन् ।