बाढीपीडितको यस्ताे विचल्ली : धमिलो पानी र चिउराको भरमा
प्रकासित मिति : २०७४ असार २७, मंगलवार
प्रकासित समय : [nepaliTime]
आँगनमा अझै पनि डेढ फिटजति पानी छ । भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डबानमै । सप्तरीको मभेडियाका फागु खंगको घरको अवस्था हो यो ।

बाढी आएको १० दिन भयो घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ ।
बस्तीको तल्लो भेगमा घर रहेको कतिपय बाढीपडित परिवारको अवस्था फागुको जस्तै छ ।, यो खबर आजकोनगारिक दैनिकमा छ ।

