राप्रपाले ‘कर्मकाण्डी’ कार्यमा भाग नलिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख प्रतिपक्षी एमालेविना सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस गरे आफू सहभागी नहुने संकेत गरेको छ । राप्रपाले एमालेविना दुईतिहाइ पुगेर संशोधन भए पनि कार्यान्वयन गर्न जटिल हुने भन्दै ‘कर्मकाण्डी’ कार्यमा भाग नलिने संकेत गरेको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

राप्रपा अध्यक्ष कमल थापाले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमालेविना प्रक्रियामा लगिने संशोधन प्रस्तावमा आफ्नो पार्टी सहभागी नहुने जनाउ दिएको निकट नेताहरूलाई बताएका छन् । थापाले सोमबार पार्टीका सांसदहरूसँग संविधान संशोधनबारे छलफल गरेका थिए । उनले एमालेलाई पनि संशोधन प्रक्रियामा सहभागी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेको ‘ब्रिफिङ’ सांसदहरूलाई गरेका थिए ।

महामन्त्री जयन्त चन्द नेतृत्वको वार्ता टोलीका सदस्य दिलनाथ गिरीले प्रतिपक्षी एमालेलाई विश्वासमा नराखी गरिने संशोधन ‘कर्मकाण्डी’ हुने बताए । ‘राप्रपा संविधान संशोधन गरी मधेस समस्या समाधान गर्ने पक्षमा छ । तर, एमालेलाई पनि विश्वासमा राखेर संशोधन गर्नुपर्छ,’ गिरीले नया“ पत्रिकासँग भने, ‘नत्र कर्मकाण्डी हुन्छ । त्यसमा राप्रपा सत्तारुढ दलको सहयात्री बन्न सक्दैन ।’

राप्रपा संविधान संशोधन गरी मधेस समस्या समाधान गर्ने पक्षमा छ । तर, प्रमुख प्रतिपक्षी एमालेलाई पनि विश्वासमा राखेर संशोधन गर्नुपर्छ, नत्र कर्मकाण्डी हुन्छ,’ राप्रपा नेपा दिनानाथ गिरीले भने, ‘एमालेलाई विश्वासमा नलिई संशोधन प्रक्रिया अघि बढायो भन त्यो सरकारको अकमण्र्यता हुनेछ । त्यस्तोमा राप्रपा सत्तारुढ दलको सहयात्री बन्न सक्दैन ।’