भारत डोक्लाम विवादबाट पछि नहटे जम्मुकाश्मिर ब्यूताउने चिनियाँ चेतावनी

चीनले आफ्नो भूभाग दाबी गर्दै आएको भुटानसंगको सिमामा रहेको डोक्लाममा सडक निमार्ण गर्न थालेको मुद्धाले भारत–चीनविच युद्धको खतरा उत्पन्न गराएको छ । चीन–भुटान मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिंदै चीनले नयाँदिल्लीको यस्तो रबैया कायम रहे विवादास्पद जम्मु काश्मिरलाई बेइजिङले ब्युँताउने बताएको छ । चीन, भुटान र भारतको त्रिदेशीय सिमामा रहेको तर भुटान र चीनले आफ्नो दाबी गरेको डोक्लामले बढी सामरिक महत्व बोकेकाले भारतसमेत यसमा प्रबेश गरेको हो ।

 यस्ताे छ बिबादकाे मुल जराे 

विवादास्पद द्धिपक्षीय सिमा बिन्दु डोक्लाममा गएको जुनमा चीनले सडक निर्माण गर्न थालेको आरोप भारतले लगायो । भुटानको शाही भुटानी सेनाले चीनको उक्त कार्यमा आपत्ती जनाएको थियो । यो मामिला वास्तवमा चीन र भुटानको थियो । तर भुटानलाई सहयोग गर्ने वहानामा भारत यो द्धिपक्षीय विवादमा प्रबेश गर्यो । भारतले तत्काल सबै निर्माण कार्य रोक्न आग्रह गर्यो । चुम्बी उपत्यकाका चीन, भुटान र भारतको त्रिदेशीय बिन्दुको कर्नरमा रहेको ८९ किलोमिटरको समथर क्षेत्र सिलगुढी कोरिडरमा पर्छ ।

भारतीय समाचार संस्था पिटीआईका अनुसार, चिनियाँ सेनाले भारतलाई सन २०१२ मा डोक्लामको लालटेनमा खडा गरिएका भारतीय सेनाका दुई बंकर बन्द गर्न आग्रह गर्दै आएको थियो । ती बंकर जुन ६ को रातमा चिनियाँ बुलडोजरले ध्बस्त पारिदिएका थिए । उक्त भूभाग भारत र भुटान कसैको नभएको भन्दै ती बंकर भत्काईदिएको थियो । यसलगत्तै त्यहाँ चिनिया पिएलए र भारतीय सेनाले थप शक्ति केन्द्रित गर्दैआएका हुन् । त्यसयता लगातार सिमामा तनाब बढ्दो छ ।

यो द्धन्द्धपछि चीनले सिक्किमको नाथुलापास सिमाबाट मानसरोबर यात्रामा जाने यात्रुहरुका लागि यो रुट बन्द गरेको छ । भारतले अहिले चीनको बिरोधमा त्यस क्षेत्रमा सेना परिचालन गरेको छ, जसलाई पछि हटाउन भारत तयार छैन् । भारतीय सैनिक त्यहा टेण्ट गाडेरै बसेका छन् । चीनले भारतीय सैनिकलाई तत्काल डोक्लाम छाड्न चेतावनी दिएपनि भारतले त्यसलाई बेवास्ता गर्दै आएको छ । तीन सातादेखि समस्या देखिएको हो ।

चिनियाँ अखवार द ग्लोबल टाइम्सले भारतीय नेतृत्वले चीनियाँ त्रास देखाई सिमा हस्तक्षेपको मुद्धा उठाउनुलाई पुरानै रणनीतिको संज्ञा दिएको छ । भारतले सन १९५० र ६० को दशकमा सिमा मिचिएको मुद्धा पहिलो पटक उठाएको थियो, जवकी त्यसबेला दुइ देशबीचको सिमा मुद्धा समाधान भएको थिएन । त्यसबेला भारतले चीनबिरुद्ध पूजीबाँदी अमेरिका र कम्युनिष्ट सोभियत संघको समेत समर्थन लियो । दुबैको चीनबिरुद्ध शत्रुता थियो, जसलाई भारतले भरपुर प्रयोग गर्यो ।

भारतले भुटानको स्वतन्त्रलाई नियन्त्रण गर्दै चीनसँगको सम्बन्धलाई आफै संचालन गर्दैआएको छ । जसरी पाकिस्तानको बिदेश नीति अझ पाकिस्तानको भारतसंगको सम्बन्ध चीनले संचालन गर्दै आएको छ भने भुटानको चीनसँगको सम्बन्ध पनि भारतले संचालन गर्दैआएको छ । भारतकै कारण भुटानले चीनसँग कूटनीतिक सम्बन्ध कायम गर्न सकेको छैन् । चीनसँग औपचारिक कुटनीतिक सम्बन्ध राख्न नसकेको एकमात्र दक्षिण एसियाली देश भुटान हो । भुटान भारतको ‘सेटलाईट स्टेट’ हो । चिनियाँ रणनीतिक बिज्ञ लङ सिङचुनले भुटान र चीनको बिबादास्पद भूगोलमाथि भारतीय हस्तक्षेपले चीनलाई बाध्यभएर जम्मु काश्मिरको मुद्धा उठाउनुपर्ने हुनसक्ने चेतावनी दिएका छन् । जम्म काश्मिरमा भारत र पाकिस्तानबिच बिबाद छ । यदी पाकिस्तानी सरकारले भारत र पाकिस्तानविचको विवादास्पद सिमा समस्यामा चीनलाई हस्तक्षेप गर्न आग्रह गरेमा चीनले तेश्रो देशको समस्यामा प्रबेश गर्न सक्ने संकेत पनि उनले दिएका छन् ।