मौद्रिक निति सार्वजनिक : यस्ताे छ व्यवस्था

राष्ट्र बैंकले शेयर धितोको कर्जा प्रवाहलाई थप कडाइ गरेको छ । आईतबार जारी आर्थिक बर्ष २०७४, ७५ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने ब्यबवस्था गर्दै थप कडाई गरेको हो ।

यसअघि यस्तो ब्यवस्था ७० प्रतिशतबाट झारेर ५० प्रतिशतमा सिमित गरेको थियो । त्यस्तै एउटै सुचिकृत कम्पनकिो शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजिका बढीमा १० प्रतिशतसम्म मात्र प्रवा गर्न सक्ने ब्यवस्था राष्ट्र बैंकले गरको छ, यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।