खाएको भाँडा माझ्न नमानेका दलितलाई यसरी पिटियो

एमालेका प्रतिनिधि वचाउ अभियानमा

मुसिकोट नगरपालिका वडा नम्वर–४ साविकको बडागाउँ हलोगाडेको एक पसलमा खाना खाएको भाँडा माझ्न नमानेको र मदिरा सेवन गरी पसल भित्र पिसाव फेरिदिएको आरोपमा त्यहाँका एक जना दलितलाई लाठीले कुटेर मरणासन्न बनाईएको छ । त्यस वडाका ४२ वर्षीय कर्णबहादुर सार्कीलाई हलोगाडे वजारमा किराना पसलसंगै घरेलु मदिरा बेच्दै आएका टेकबहादुर कार्कीकी श्रीमत िशोभा कार्की र उनका छोरा कृष्ण कार्कीले मरणसन्न हुने गरी कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

पसलमा खान खाएको भाँडा नमाझेको र पिसाव समेत फेरेको आरोपमा कुटपिछ गरिएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका असई सत्यनारायण यादवले बताए । निर्घात कुटिएका सार्कीको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । उनको टाउँकोमा घाउहरु छन् ।

आँखामा रगत जमेको छ । ढाडमा लाठीका निलाडाम रहेका छन् । वायाँ पट्टीको सातौ नम्वरको करङ्ग समेत भाँचिएको उनको उपचारमा संगल्न डाक्टर सुरेन्द्र रायमाझीले बताए ।

पीडितको वयान

म चामल लिन भनेर उनीहरुको पसलमा गएको थिएँ । एक गिलास जति रक्सी खाएर जान्छु भनेर खाना थालें। खाँदै जाँदा तीन गिलास खाएछु । त्यो रक्सी खाएका भाँडा माझेर घर जा भन्नुभयो । रक्सीको बेला मैले अलि अटेर गरे जस्तो गरेछु । त्यसपछि माझेर जान्छु भनेर भाँडा माझ्ने ठाउँतिर पसे ंरक्सी अलि लगेको थियो । म भाँडा माझ्ने ठाउँमा लड्न –पुगेर पानी भएको भाँडो मरो शरीरभरी पर्यो र म पनि भिजें, भुईभरी पनि पानी भयो । साहुनी शोभाले त्यसै वेलामा भुँईमा पिसाव फेर्यो भन्ने वाहना बनाएर कुट्दै बाहिर निकाल्नु भएको हो ।त्यसपछि मेरी श्रीमती आएर थप कुटाई खाने डरले ओमबहादुर सिहको घरमा ल्याएर सुताईन त्यही घरमा सुतिरहेको बेला उनका छोरा कृष्ण खोज्दै आएर एकाएक लाठी वर्षाए पछि म बेहोस भएर ढलेको हुँ ।

यसो भन्छिन् उनकी श्रीमती

यदि पिसाव फेरेकै भए म लिपी दिन्छु भनेकै थिएँ । उनैका पसलमा रक्सीले टिल पर्नु भएका मान्छेलाई नकुट्नुस भनेर हात जोड्दा पनि हानेको हानै गरे । ओमबहादुर सिंहको घरमा रोक्न खोज्नेलाई पनि दिईएन् त्यहाँका पसल होटलहरुलाई हामी दलितले खाएको भाँडा नमाझ्ने हो भने त बाँच्नु छैन । सधै माझ्दै आएका थियौं , उहाँले पनि माझ्नु हुन्थ्यो होला तर रक्सी लागेर होला लड्नु भए छ ।

घटना खेदजनक छः कांग्रेस प्रतिनिधि

नेपाली कांग्रेसका प्रतिनिधि केशव सिंह ठकुरीले यो जमनामा पनि होटल पसलहरुमा दलितहरुलाई भाँडा माझ्न लगाउनु र झन त्यसरी पिट्नु खेदजनक भएको प्रतिकृया दिए । त्यसमाथि बेहोस भएर लडेको मान्छेलाई उनका आफन्तले उपचार गर्न लैजान खोज्दा धेरै अरु मान्छे जुटेर घेराउ गरेको आफुले समेत जानकारी पाएको उनले बताए ।

एमाले प्रतिनिधिको वचाउ

नेकपा एमालेका स्थानीय प्रतिनिधि तथा त्यस वडामा नवनिर्वाचित वडाध्यक्ष ओमबहादुर केसीले भने कुटपिटको आरोप लागेका ति दुई आमा छोराको वचाउ गर्ने भाषा प्रयोग गरे । उनले भने–‘ दलितहरुले पनि आफ्नो व्यवहार सुधार गर्न जरुरी छ । बढी रक्सी पिएर जथाभावी बोल्न हुँदैन्थ्यो । म तिनै कार्की परिवारको घरमा बुझेर आएँ । त्यसरी कांग्रेसजनले उचाले जस्तो गरी कुटेको होईन रहेछ । हप्काएर घर पठाएको रहेछ् । पछि बाटोमा लडेर घाईते भएको भन्ने सुनेको छु ।’ दलित भनेर हुन्छ र ? व्यवहार पनि त राम्रो हुनु पर्यो नि ? यो प्रति प्रश्न केसीले बारम्वार दोहराए ।

आरोपितहरुको जिकिर

हामी कहाँ रक्सी किनेर खाएको होईन । अन्यत्रैबाट रक्सीले टिल परेर आएको थियो । उसको दाजु हामी कहाँ बसेर रक्सी पिउँदै थिए । उनैले दिएको रक्सी पिएर जथाभावी वोल्दै थियो । भाँडा माझ्न लगाएको होईन । आफू माझ्न जाँदा भाँडा पल्टाई दिने , गरे पछि हप्काएर मात्रै पठाएको हो ’ आरोपित शोभा कार्कीले भनिन् त्यस पछि यहाँका केहि मान्छेहरुले बढाई चढाई गरेर केश ठुलो बनाउन खोजेका हुन् । मैले लाठीले हानेको होईन धक्काएको मात्रै हुँ । मलाई झुटो आरोप लगाएका हुन् उनका छोरा कृष्णले भने तपाईहरुलाई जे सुनाईएको छ त्यो गलत हो ।हिमालय टाइम्समा खबर छ ।