यसरी गुन्जिए कर्णालीका दुर्इ गजलकार एकसाथ – भिडियाे सहित

अचेल बालाई गाउँमा खेत जोत्न भ्याइनभ्याई छ 
छोरालाई सहरमा नक्कली रोज्न भ्याइनभ्याई छ ।

मेरो कर्णाली पनि कतै अछुतो रहेन यो युगमा पनि
सधै गाँस बासको लागि सोच्न भ्याइनभ्याई छ ।

यसरी गजलबाट कर्णाली बाेलीरहेका थिए गजलकार गणेश स्पन्दनले कर्णालिका समग्र पिडा राज्यबाट साैतेनी ब्यवहार भाेगीरहेकाे कुरा प्रस्तुत गरिरहेका थिए । 

सधैं अभाव र बेरोजगारले बिरक्तिएको युवाललाई
राहदानी बोकेर म्यानपावर खोज्न भ्याइनभ्याई छ ।

जनताको पसिनामा रजाइँ गर्ने भ्रष्ट ती नेतालाई
झुटा आश्वासन र भाषण ठोक्न भ्याइनभ्याई छ ।

सुनको भाउमा महङ्गीले टुपी छुन लागिसक्यो 
पसलेलाई दिनदिनै मुल्य तोक्न भ्याइनभ्याई छ ।

त्यस्तै गजलकार संकल्प निर्माेहीले अबसरवादीहरूकाे दुनियामा कसैकाे नि भर पर्नु नहुने भन्दै कटाक्ष गरिरहेका थिए । 

मान्छे, हावा, पानी, सगर अपत्यारिला  
कसैको नि लाग्दैन भर, अपत्यारिला ।

के रगतकै नाताले हौसिनु, फुर्किनु
यस्तै त झन् दोब्बर, तेब्बर अपत्यारिला ।

नसोचि, नबुझि पछि नलागौ अब त
हाम्रा महान जनसमर अपत्यारिला ।

मलाई गाउँ नै भब्य, गाउँ नै सभ्य लाग्छन्
यहाँका शहरिया र शहर अपत्यारिला ।

मुलुक परिबर्तनका लागि  युवा जागरण अभियान र नेपाली गजलकाे संरक्षण संम्द्धर्न र उत्थान भन्ने मुल नाराका साथ शनिबार राजधानीमा  भएकाे युगल गजल साँझमा कर्णालीका गजलकार संकल्प निर्माेही र गणेश स्पन्दन एकसाथ गुन्जीए  ।

गुडलिंक मिडिया प्रालीकाे प्रस्तुती र कुसे न्युज डट कमकाे अायाेजनामा भएकाे गजल साँझमा  उनिहरू कर्णाली,मुलक र जिवनका पिडा बाेकी गुन्जीएका हुन । गजलकारहरूले गजल मार्फत मुलुक परिबर्तनका लागि सबै सचेत हुनुपर्ने सन्देश प्रवाह गरेका थिए । गजलमा बेग्लै क्रान्ति हुनु पर्ने अाशयमा भएकाे उक्त कार्यक्रममा श्रष्टाहरूकाे प्रस्तुती पनि त्यस्तै थियाे ।।

लामाे समय मुलुक परिबर्तनकाे यात्रामा लामबद्ध भएर अाएका द्धय गजलकारहरूले दर्शकहरूकाे मन जित्न सफल भएका थिए । कार्यक्रममा  गजलकार बेगम थापा निश्चल , धनराज बास्तबिक, क्षितिज समर्पण  र भगवती राेकाय भुमिकाले पनि गजल वाचन गरेका थिए । 

भिडियाे