चीन र भारतबीच चिसियाे सम्बन्ध सीमामा बड्दाे तनाव

भारत जाने अाफ्ना नागरिकलार्इ सचेत रहन चीनकाे अाग्रह

दुर्इ देशकाे सीमा क्षेत्रबाट अाइरहेका दिनहुँका झडपका घटना बढ्दै गएपछि चीन र भारतकाे सम्बन्ध अझै चिसिएकाे छ । सिक्किमकाे नाथूला नाकादेखि चीन, भुटान र भारत तीन देशकाे सीमा रहेकाे डाेकलाङ क्षेत्रमा बढ्दाे तनावपछि चीनले भारत भ्रमण गर्ने अाफ्ना नागरिकलार्इ सचेत रहन यात्रा अलर्ट जारी गरेकाे छ ।

चिनियाँ विदेश मन्त्रालयले यसलार्इ यात्रा अलर्ट नै नभने पनि साेही रुपमा अाफ्ना नागरिकलार्इ सचेत रहन अाग्रह गरिसकेकाे छ । चीनले अाफ्ना नागरिकलार्इ अनावश्यक रुपमा भारत भ्रमण नगर्न पनि निर्देशन दिइसकेकाे छ । शुक्रवार नयाँदिल्लीमा रहेकाे चिनियाँ दूतावासले चिनियाँ नागरिकका लागि यस्तो एडभाइजरी जारी गरेको हो। एडभाइजरीमा भारत भ्रमणमा जाने चिनियाँ नागरिकलाई अाफ्नाे सुरक्षा बारे विशेष ध्यान दिन र आवश्यक पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ ।

‘भारतमा रहेको चिनियाँ दुतावास भारत भ्रमणको योजना बनाइरहेका सम्पूर्ण नागरिकलाई वर्तमान सुरक्षा अवस्थाबारे ध्यान दिन, अनावश्क भ्रमण नर्गन, व्यक्तिगत सुरक्षामा सुधार गर्न, परिवारलाई खबर गर्न र सम्र्पकका सबै विकल्प खुला गर्न स्मरण गराउछँ’, चिनियाँ दुतावासले जारी गरेको एडभाइजरीमा भनिएको छ।

चिनियाँ विदेश मन्त्रालय भने यसलाई यात्रा अलर्ट भन्न चाहाँदैन् । चिनियाँ विदेश मन्त्रालयका एक अधिकारीले यो ‘यात्रा अलर्ट’ नभएको उल्लेख गर्दै चिनियाँ नागरिकलाई सतर्क रहन भनिएको ‘सुरक्षा परामर्श’ भएको बताएका छन् ।

चीनले गत ५ जुलाईमा सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै भारत जाने चिनियाँ नागरिकका लागि यात्रा अलर्ट जारी गर्ने निर्णय गरिने जनाएको थियो । यो एडभाइजरी एक महिनासम्मका लागि भएको जनाइएको छ ।

दुवै देशबीच गत तीन सातादेखि त्रिदेशीय सीमा डोकलाङमा गतिरोध रहँदै आएको छ । त्यसैगरी भारतकाे सिक्किम नजिक रहेकाे सीमा क्षेत्रमा पनि दुर्इ देशका सैनिकहरु अामने सामने हातहालाहालकै स्थितिमा उत्रने गरेका छन् । नाथूला सीमा क्षेत्रमा भारतीय सैनिकहरु चीनकाे क्षेत्रमा प्रवेश गरेकाे भन्दै मानसराेवर जाने नाका नै बन्द गरिसकेकाे छ ।