यसरी गुन्जिदै छन कर्णालीका दुर्इ गजलकार

गुड लिंक मिडिया प्रालिले “मुलुक परिवर्तनका लागि युवा जागरण अभियान, नेपाली गजलकोे संरक्षण, सम्वर्धन र उत्थान” भन्ने मुल नाराका साथ साहित्यिक मासिक कार्यक्रमको आयोजना गर्दैछ  । लामाे समय मुलुक परिबर्तनकाे अान्दाेलनमा याेगदान पुर्याएका कर्णालीका दुर्इ गजलकार संकल्प निर्माेही र गणेश स्पन्दनलार्इ उभ्याएर फरक खालकाे गजल साँझ गरिदैछ ।

संस्थाका संयोजक भौतिक मल्लले यो बसाईमा कर्णालीका दुईजना सर्जकलाई अघि सारिएको बताए । उनले भने,‘हामी पुरानो मान्यता, सर्जक र दर्शक बीचको दुरीलाई फरक किसिले जोड्ने प्रयासमा छौँ ।’

उनले थपे,‘कर्णालीलाई अभावको कोर्णबाट लेखियो, हेरियो अब हामी कर्णालाई पत्यक्ष हेर्नेछौ, सुन्नेछौ, हामी कर्णालीबाट यात्रा सुरु गर्दैछौँ, कार्यक्रम टिकट मै हो, तर टिकटकै नाममा कर्णाली र कर्णालीका सर्जक र सिर्जना सुन्न, हेर्नबाट बञ्चित गरिने छैन्, सबैलाई भोलि कार्यक्रमा उपस्थित भैदिनको लागि अनुरोध गर्छु,।’

तिम्रो रारा मेरो तस्बिर गजल संग्रहरुका लेखक गजलकार संकल्प निर्मोही र गणेश स्पन्दन गजल साझमा उत्रिने छन् । कार्यक्रममा अथिति रचना पनि समावेस हुने बताइएकाे छ ।

कार्यक्रम तालिका

“मुलुक परिवर्तनका लागि युवा जागरण अभियान
नेपाली गजलकोे संरक्षण, संवर्धन र उत्थान” ।।

गुड लिंक मिडिया प्रा.लि.

कर्णालीका दुई होनाहार युवा गजलकारका साथमा
युगल गजल साँझ

आयोजक : कुसे न्युज डट कम

स्थान : नयाँ बानेश्वर
मिति : २०७४ असार २४
समय : साँझ ५ः३० बजे