बनमा यस्ताे बेथिती : स्थानीय प्रतिनिधि मिलेर काटे रुख

स्थानीय तह पहिलो चरण चुनाव भएको करिब ५० दिन पुगेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ४ का वडाध्यक्षले सामुदायिक बनको जग्गा नेपाली सेनालाई दिने निर्णय गराएका छन् ।

उनले त्यसको बोद्यार्थ वन कार्यालयमा पनि पठाए । चितवनको राप्ती नगरपालिका ३ का वडाध्यक्षले स्थानीइ शिखर हरियाली सामुदायिक वन उपभोक्ता समिति भण्डाराका पदाधिकारीलाई भनेछन् – ;हामी आएपछि तपाईको समितिको काम छैन ।’ अव हामिले हेर्ने हो ।

चितवनकै दुई ठाउँमा स्थानीय प्रतिनिधिसंग मिलेर ४\४ वटा रुख पनि काटिएछन् । अव सामुदायिक बन हाम्रै हो भन्ने जनप्रतिनिधिको बुझाईले गर्दा ती रुख काटिएको जिल्ला बन अधिकृत बताउँछन्, यो खबर आजको नगारिक दैनिकमा छ ।