प्रधानमन्त्री देउवालाई भेटेरे सुटुक्क भारतीय दूतावास पुगे महन्थ ठाकुर

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरसँग आग्रह गरेका छन् ।

मंगलबारको छलफलमा प्रधानमन्त्री देउवाले राजपासँगको सहमति आफ्नो सरकारले पालना गर्ने बताउँदै तत्कालै समर्थन फिर्ता नलिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीसँग भेटेलगत्तै ठाकुर भारतीय दूतावासमा छलफल गर्न पुगेको जनाइएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारलाई दिइएको समर्थजनकै विषयमा दूतावासमा पनि छलफल भएको बुझिएको छ ।