उत्तर कोरियाद्वारा पुनः ब्यालेस्टिक मिसाइलको परीक्षण

त्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ । उत्तर कोरियाले बाङयोङबाट उत्तरी प्योङयाङ प्रान्तमा मिसाइल परीक्षण गरेको हो । परीक्षण गरिएको मिसाइल जापानको समुद्रमा पुगेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेसँग उत्तर कोरियाको विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले मिसाइल परिक्षण गरेको हो ।

उत्तर कोरियाले तीन साताअघि पनि मिसाइल परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् बैठकले प्योङयाङलाई मिसाइल परीक्षण नगर्न चेतावनी दिएको थियो ।

उत्तर कोरियाले पछिल्ला दुई महिनामा सात वटा मिसाइल परीक्षण गरिसकेको छ । उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरेपछि दक्षिण कोरिया, अमेरिका, जापानलगायतका मुलुकले चिन्ता व्यक्त गरेका छन् । (एजेन्सी)