घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा
प्रकासित मिति : २०७४ असार २०, मंगलवार ०१:२४
प्रकासित समय : ०१:२४
ट्रफिक प्रहरी महाशाखाले घुस आउको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार कारबाहीमा पर्नेमा दुई हवल्दारसहित आठजना प्रहरी जवान छन् ।