व्यापारमा घाटा बढ्दै, ९ खर्बको आयात हुँदा ६८ अर्बको निर्यात

चालू आर्थिक वर्षको ११ महिनामा भारतलगायत तेस्रो मुलुकबाट करिब नौ खर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सात खर्ब ८५ अर्ब ४२ करोड सात लाख मूल्य बराबरको सामान आयात भएको थियो ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको आयात र निर्यातको तथ्यांकअनुसार वर्ष २०७२/०७३ को ११ महिनाको तुलनामा यो वर्षको आयात ३० प्रतिशतले बढी हो । यो आंकडा अनुसार चालू वर्षको ११ महिनाको अवधिमा आठ खर्ब ९३ अर्ब ५३ करोड २१ लाख मूल्य बराबरको सामान आयात भएको छ ।

अघिल्लो वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ३२.१७ प्रतिशत बृद्धि भएर आठ खर्ब २४ अर्ब ९७ करोड ९० लाख रुपैयाँ पुगेको छ