अमेरिकी अदालतले भन्यो – ‘नेपालीलाई शरण दिन सकिन्न’
प्रकासित मिति : २०७४ असार १७, शनिबार ०१:५१
प्रकासित समय : ०१:५१
योर्क, अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एउटा मुद्दामा अमेरिकाको पुनरावेदन अदालत (युनाइटेड स्टेट्स कोर्ट अफ अपिल्स फर द सेकेन्ड सर्किट)ले यस्तो फैसला गरेको हो ।
अमेरिकामा राजनीतिक शरण (एसाइलम) सम्बन्धी मुद्दाको अन्तिम छिनोफानो पुनरावेदन अदालतले गर्छ । अदालती फैसला नजिरका रुपमा स्थापित हुन्छ । आजको कान्तिपुरमा खबर रहेको छ ।