प्रहरीद्वारा बिनाकारण अखिल क्रान्तिकारीका नेता केवी मल्लकाे काेठामा छापा

नेपाल कम्युनिष्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा भेरी अन्चल संयाेजक केबी मल्ल र भेरी क्षेत्रीय समन्वय सामिती सदस्य अँकित भटरार्इकाे काेठामा प्रहरीले बिनाकारणा छापामारेकाे छ । प्रहरीले काेठामा छापामारी संगठनका महत्वपुर्ण कागजजात ,लेटरप्याड,छाप,किताबहरू समेत कब्जा गरेकाे बताइएकाे छ ।

प्रहरीले अनाबश्यक घरबेटीलार्इ धम्कायायर कोठामा ताल्चा  समेत लगाएको क्रान्तिकारीका भेरी संयाेजक केबी मल्लले बताएका छन ।मल्लले एक बिज्ञप्ती जारी गर्दै  प्रहरीले अपराधीकाे काेठामा छापामारेकाे शैलीमा छापामार्नु निन्दनीय भएकाे र यसकाे जवाफ दिनुपर्ने बताएका छन । 

उनले भनेका छन । यसरी शान्तिपूर्ण रुपमा राजनैतीक बिचार र आस्था राख्ना पाउने अधीकारको गम्भीर उलङघन गरीयको छ। यस्तो घोर अप्रजातान्त्रिक कार्यको भर्त्सना गर्दछु।