लुम्बिनी हाँक्ने दौडमा मुस्लिमहरु

लुम्बिनी ,धार्मिक सद्भावको नमुना हेर्ने भए लुम्बिनी आउनुहोस् । बुद्धको जन्मस्थल लुम्बिनीको थप सौन्दर्य हो वरिपरि बस्तीमा रहेका बहुसंख्यक मुस्लिम । त्यही भएर सबैजसो राजनीतिक दलले लुम्बिनी सांस्कृतिक नगरपालिकामा मुसलमान समुदायबाटै प्रमुख उम्मेदवार बनाएका छन् । आजको कान्तिपुरकाे पहिलो पृष्ठमा खबर छ ।

मेयर प्रतिस्पर्धी नै स्वतन्त्रसहित ७ जना छन् । कांग्रेसले मोहम्मद सइद खाँ, संघीय समाजवादी फोरमले फखरुद्दिन खान, राप्रपाले मोहम्मद सmिक, लोकतान्त्रिक फोरमले सजरुद्दिन मुसलमानलाई मेयरको प्रतिस्पर्धामा उतारेका छन् ।

स्वतन्त्रतर्फ समीर अहमद मुसलमान, सफी उललाह मुसलमान र मुहम्मद उमर मुसलमान भिडिरहेका छन् ।एमालेले मेयरमा उममेदवारी दिएको छैन । उपमेयरमा इन्साफ मुसलमानलाई उठाएको छ । माओवादीले मात्र गैर मुस्लीम उम्मेदवार चयन गरेको छ ।