कांग्रेस र एमाले समर्थकबीच झडप ,प्रहरीद्वारा झडप रोक्न हवाइ फायर, २० घाइते

बझाङ ,बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ ।झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन् ।

सुनकुडा क्याम्पसमा कांग्रेसको चुनावी शभा भइरहेको बेला एमालेको मोटर साइकल र्याली पुगेपछि झडप भएको हो ।प्रहरीले हवाइ फायर गरेपछि स्थिति नियन्त्रणमा आएको हो । आजको कान्तिपुरमा खबर छ ।