विश्व बैंकले दियो नेपाललाई १९ अर्ब ऋण

विश्व बैंक समूहको अन्र्तराष्ट्रिय विकास संघले नेपाललाई १९ अर्ब रुपैयाँ ऋण दिन सहमति जनाएको छ । अन्र्तराष्ट्रिय विकास संघले विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडीपी) को कार्यान्वयनका लागि १९ अर्ब सहुलियतपूर्ण ऋण दिन सहमति जनाएको हो ।

नेपाल सरकार र संघबीच विहिबार ऋण सम्झौता भएको छ । सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव डा. शान्तराज सुवेदी र संघका तर्फबाट विश्व बैंकका नेपाल प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गरे । सम्झौता अनुसार ऋण रकम आधारभूत तथा माध्यमिक तहको शिक्षाको गुणस्तर बढाउन खर्च हुने छ ।

एसएसडीपीमा छात्रवृत्ति र पाठ्यपुस्तक वितरण, शिक्षक तालिम, सिकाइको स्तर वृद्धि लगायतका विषय समेटिएका छन् । विश्व बैंकका नेपाल प्रबन्धक ताकुया कामाताले सहुलियतपूर्ण ऋणबाट आधारभूत तहको शिक्षामा महत्वपूर्ण सुधार हुने अपेक्षा गरेको बताए ।

एसएसडीपी कार्यान्वयनका लागि नर्वे, फिनल्याण्ड, युनिसेफ, जाइका, युरोपियन युनियन, एसियाली विकास बैंक लगायतले पनि सहयोग गरेका छन् । अर्थ सचिव डा. शान्तराज सुवेदीले सहयोग रकम लक्षित विद्यार्थी र शिक्षकसम्म पु¥याइ उद्देष्य हासिल गरेर देखाउन शिक्षा मन्त्रालय र विभागलाई आग्रह गरे ।