सुरक्षाको कारण देखाउँदै,सरकारी गाडीकाे ब्यापक दुरूपयोग

 सयौ सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर चलाउने गरेको पाइएको छ। यसरी निजी नम्बर प्रलेट राखेर सञ्चालन भएका सरकारी गाडीको सदुपयोग या दुरूपयोग के भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गरेको छैन। यो खबर आजको नागरिकमा छ।

गृह मन्त्रालयले दुई वर्षयता २ सय भन्दा बढी गाडीलाई निजी नम्बर प्लेट राखेर सञ्चालन गर्न अनुमति दिएको छ।संवैधानिक निकाय तथा प्राय सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेका छन्। सुरक्षा खतरा छ वा छैन भन्नेबारे अध्ययन नगरी गृहले निजी नम्बर प्लेट दिएको स्रोतले बताएको छ।

द्वन्द्वकालमा सरकारका उच्च अधिकरीलाई सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिने गरिएको थियो। शान्ति स्थापना भइ संविधान निर्माण भइसकेको अवस्थामा पनि सरकारी अधिकारीले निजी नम्बर प्लेट राखेर गाडी चलाउन छाडेका छैनन्। अहिले पनि निजी नम्बर प्लेट माग गर्दै निवेदन दिनेको संख्या सय भन्दा बढी रहेको गृह स्रोतले जानकारी दिएको छ।