श्रीमान-श्रीमती नै गाउँपालिकाको प्रमुखमा होमिएपछि…

ओखलढुंगा,ओखलढुंगामा श्रीमान् – श्रीमती दुबै जना गाउँपालिका प्रमुखमा उम्मेदारी दिएका छन्। माओवादी केन्द्रका नेता खड्गा योगी अनिलु र उनकी पत्नि चम्पा कार्कीले गाउँपालिका प्रमुखको उम्मेरदारी दिएका हुन्।

अनिलले लिखु गाउँपालिका र चम्पाले सुनकोशी गाउँपालिका प्रमुख पदमा उम्मेद्वार दिएका हुन्। माओवादी जनयुद्धु कालदेखि नै दम्पती माओवादीमा सक्रिय छन् ।चम्पाले द्वन्द्धकै क्रममा हात समेत गुमाएकी छिन् । नागरिक दैनिकमा खबर छ ।

संविधानसभाको पछिल्लो निर्वाचनमा समानुपातिक तर्फकी उम्मेदवार समेत थिइन् चम्पा। चम्पा आफ्नो माइतीघरको गाउँपालिकाबाट चुनावी मैदानमा उत्रिएकी हुन् ।ओखलढुंगाको जिल्ला नेतृत्व सम्हालिसकेका योगी र उनकी दम्पती चम्पा दुबै जना आ–आफ्नै क्षेत्रमा घरदैलो अभियानमा छन् यतीबेला । उनीहरु दुबै जना आफ्नो क्षेत्र जित्नमो विश्वासका साथ चुनावी प्रचारप्रसारमा छन् ।