अब कुनै आन्दोलन भए भ्रष्टचार विरुद्धको हुनेछः गृहमन्त्री शर्मा

 गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टचार विरुद्धको हुने ठोकुवा गरेका छन । आफु उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्धनै लडेर उज्यालो नेपाल बनाएको जिकीर गर्दै मन्त्री शर्माले देशलाई समृद्ध बनाउने बाहेक अरु कुनै लक्ष्य न भएको बताए ।

राटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रीले अबको लक्ष्य विकास र आर्थिक समृद्धी भएको उल्लेख गरे ।
उनले स्थानीय तहमा भ्रष्टाचार हुन न दिने बताउदै १५ वर्षमै नेपाललाई धनी देश बनाउन् सकिने करा बताए ।

यसैगरी प्रहरी भित्र रहेका समस्याहरु समाधान गरेर् जनतालाई ढुक्क भएर जीवन जिउने वातावरण तयार पार्ने उनले जानकारी गराए ।
“संविधान कार्यान्वयन र अधिकार प्राप्तिसँग सम्बन्धित अहिलेको स्थानीय निर्वाचन भएकोले यो महत्वपुर्ण छ,” उनले भने “हाम्रा स्थानीय प्रतिनीधीहरु जनताका कामदारका रुपमा काम गर्ने छन ।”

साथै उनलेशिक्षा, स्वास्थ्य लगायतकाक्षेत्रमा आमुल परिवर्तन ल्याउने आफ्नो पर्टीको लक्ष्य भएको बताउदै माओबादीले भनेको कुरा गरेर् देखाएको बताए ।