​खुरापातीले….अन्तै भोट हालेछ अन्तरघातीले

पुरानै कुरामा अझै कति प्यारप्यार

 ..वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा पराजित उम्मेदवारहरूको भन्ने गरेको आफ्नैको घातलाई टपक्क टिपेर सामाजिक सञ्जालमा यो गीत छरपस्ट भयो । रुकुम कांग्रेसमा पनि यस्तै अन्तरघातको कथामा अछुतो रहन सकेको छैन । चुनावमा पार्टीमा अन्तर्घात गरेको भन्दै कांग्रेस जिल्ला कार्यसमितिले १९ नेता–कार्यकर्तालाई कारबाहीको धम्कीपूर्ण पत्र काटेको छ । स्पष्टीकरणको पत्र पाएलगत्तै केही कांग्रेसीले पार्टी नेतृत्वलाई नै उल्टो राजीनामा माग्ने गरेका छन् । पार्टी सभापति प्रेम प्रकाश ओलीलाई अन्तरघातको आरोप लागेका शिव आचार्यले ०५६ सालको प्रतिनिधि सभा चुनावमा टिकट बेचेको आरोप सामाजिक सञ्जालबाटै लगाएका छन् ।

स्पष्टीकरण सोध्नेको योग्यता र हैसियतमाथि उनले प्रश्न उठाएका छन् । माओवादी केन्द्रको वर्चस्व रहेको र एमाले कांग्रेस मिलेर पनि जित्न नसक्ने अवस्थामा कांग्रेसभित्रै झगडा बर्सिनुलाई कार्यकर्ताले झन् ओारालो लागेको संकेत गरेका छन् । पहिलो चरणको निर्वाचनमा पार्टीको निर्णयविपरीत गएको र पार्टीले उठाएका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै जिल्ला सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्यसहित क्रियाशील सदस्यलाई स्पष्टीकरण सोधेको बुझिएको छ । कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न रहेका कार्यकर्तालाई कारबाही गर्न ४ सदस्यीय अनुशासन विभाग गठन गरेको थियो ।

जिल्ला कार्यसमिति सदस्य भीमबहादुर डा“गीको संयोजकत्वमा रहेको विभागले जिल्लासचिव जनककुमार चन्द, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरतजंग मल्लसहित १९ जनालाई ७ दिने लिखित स्पष्टीकरण सोधेको हो । ७ दिनभित्र चित्तबुझ्दो जवाफ नदिएमा उनीहरूलाई पार्टीबाट निष्कासन सहितको कारबाहीका लागि जिल्ला कार्यसमितिमा सिफारिस गरिने अनुशासन विभाग संयोजक डा“गीले बताए । बा“फिकोट गाउ“पालिकाबाट जिल्लासचिव जनककुमार चन्दसहित पूर्व क्षेत्रीय सभापति खम्बु मल्ल, पूर्वमहाधिवेशन प्रतिनिधि उपेन्द्रबहादुर मल्ल, मुसीकोट नगरपालिकाबाट १ नम्बर क्षेत्रीय सभापति सुतजंग मल्लसहित जिल्ला सदस्य दीपा पाण्डे, दलबहादुर केसी, टेकबहादुर पुन र आठबिसकोट नगरपालिकाबाट पूर्वजिल्ला सदस्य गंगाराम गौतमलाई स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै, त्रिवेणी गाउ“पालिकाबाट भूपालसिंह ओली र हीरा केसी, चौरजहारी नगरपालिकाबाट शिव आचार्य, बालकृष्ण भाट, दौलत विष्ट, लोकेन्द्र केसी, गणेश डा“गी र डिल्ली हमालबाट पनि स्पष्टीकरण सोधिएको अनुशासन विभागले जनाएको छ । वैशाख ३१ मा भएको जिल्लाका ६ वटा स्थानीय तहको निर्वाचनमा पार्टी भित्रैबाट असहयोग हु“दा नराम्ररी हार व्यहोर्नुपरेको ठहर कांग्रेसले गरेको छ । भित्रैबाट असहयोग भएको पाइएपछि जिल्ला कार्यसमितिले अनुशासन समिति बनाएर आवश्यक छानबिन गरेको थियो । अनुशासन समितिले गरेको सिफारिसको आधारमा पार्टीले आवश्यक निर्णय लिने जिल्ला सभापति प्रेमप्रकाश ओलीले बताए । त्यस्तै, रुकुमको एक मतदान केन्द्रमा पुग्न मतदातालाई ५ घन्टा पैदल हिँड्नुपर्ने भएको छ ।

असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि भूमे गाउँपालिका–८, को मतदान केन्द्रमा पुग्न त्यहाँका केही ठाउँका मतदातालाई ५ घण्टा बढी समय लाग्ने भएको हो । साविकको रुकुमकोट गाविसको ४ नम्बर वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भूमे–८ को मतदान केन्द्र साविकको महत गाविस–८, को आधारभूत विद्यालय भोल्टीमा कायम गरिएको छ । उक्त मतदान केन्द्रमा पुग्न साविकको रुकुमकोट–४, को मैवाङबाट ५, झिम्काबाट ४ र कुचिवाङबाट ३ घन्टा बढी पैदल हिँड्नुपर्ने मैवाङका दुर्गाबहादुर बुढाले बताए । तत्कालीन दुई गाविसका ३ वडा मिलाएर नया“ वडा बनाउँदा पायक पर्ने ठाउ“मा मतदान केन्द्र नबनाइएको त्यस क्षेत्रका मतदाताले बताएका छन् । ‘जान मात्र ५ घन्टा लाग्छ अनि आउन पनि त्यति नै समय खर्चनुपर्छ, बुढाले भने, ‘आउन–जान १० घन्टा लाग्छ अनि कतिबेला लाइन लाग्ने, कतिबेला भोट हाल्ने र कतिबेला घर फर्किने ।’

मतदात केन्द्रमा पुगी भोट हालेर सोही दिन घर फर्किने अवस्था नरहेको मतदाताको भनाइ छ । सबैभन्दा बढी अपांग र ज्येष्ठ नागरिकलाई मतदानका लागि मतदान स्थलसम्म पुग्न समस्या हुने देखिएको छ । तर, यसतर्फ सरोकारवाला निकाय कसैले पनि ध्यान नदिएको स्थानीयको गुनासो छ । उकालो, ओरालो र खोलानालाको कारण पनि सजिलै मतदान स्थलसम्म पुग्न सहज छैन । स्थानीय भूगोललाई अध्ययन नै नगरी नया“ वडा बनाइएको तथा मतदान केन्द्र कायम गरिएको त्यस क्षेत्रका नागरिकले बताएका छन् ।

स्थानीय तहको संख्या तथा सिमाना निर्धारण प्राविधिक सहयोग समितिले गरेको जिल्लाको स्थानीय तह तथा वडाको सिफारिस सही नभएको झिम्काका भीमबहादुर बुढामगरले बताए । जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले भने राजनीतिक दलको सहमतिमा उक्त निर्णय भएको बताएका छन् । अलि पायक पर्ने भनिएको ठाउ“मा विद्यालय नभएकाले पनि उक्त ठाउ“मा मतदान केन्द्र कायम गरेको उनको भनाइ छ ।जनअास्थाबाट