सामाजिक सञ्जालको बिबादले युवतीहरूको समुहबिच झडप, एक युवती गम्भीर घाइते

ललितपुर,सामाजिक सञ्जालको बिबादले दूई युवती सामुहबिच झडप भएको छ ।फेसबुक च्याटको बिबादले उग्र रुप लिएपछि काभ्रेकी कोपिला गिरी र ओखलढुङगाकी सलिना राई सुनवारको समुहबिच ललितपुरको समतदोबाटोमा झडप भएको हो ।

झडपको क्रममा बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथि छुरा प्रहार गरेका भएको छ ।घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था चिन्ताजनक रहेको छ । घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।