९ कर्मचारीविरुद्ध ६१ करोडको भ्रष्टाचार मुद्दा दायर

अख्तियारले ६१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय सवारी कोसी इटहरीका नौ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

कार्यालयका उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल, लेखा अधिकृत कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र लेखापालहरू सुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र देवराज नेपालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । पछिल्ला तीन आर्थिक वर्षमा ६१ करोड २१ लाख अनियमितता गरेको अख्तियारले जनाएको छ ।नयाँ पत्रिकाबाट