मनोनयन दर्ता हुन नदिने राजपाको घोषणा

काठमाडौं ,राष्ट्रिय जनता पार्टी नेपाल र संघीय गठबन्धनले सरकारले चुनाव सारे पनि आफूहरु सहभागी नहुने निर्णय गर्दै मनोनयन विथोल्ने गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले बिहीबार राजपालाई समेत चुनावमा सहभागी गराउन भन्दै प्रदेश नम्बर २ मा चुनाव सार्ने र प्रदेश नम्बर १, ५ र ७ मा मनोनयनको दुई दिन पछि सार्ने निर्णय गरे पनि राजपाले सहभागी नहुने निर्णय गरेको हो।

शुक्रबार बसेको राजपाको बैठकले निर्वाचनमा भाग नलिने निर्णय गरेको अध्यक्ष मण्डलका सदस्य अनिल झाले जानकारी दिए। उनले राजपाले यसअघि नै घोषणा गरेको असार १४ गतेसम्मको आन्दोलनको कार्यक्रम यथावत राख्दै मनोनयनलाई किथोल्ने गरी थप आन्दोलन सार्वजनिक गरेको छ। ‘२०७४ असार १४ गतेसम्म पूर्व घोषित कार्यक्रमलाई यथावत राख्दै असार ३ गते लाठी जुलुस र असार ४ गते बन्द र हड्ताल गर्ने निर्णय गरेका छौं’ उनले भने।

सरकारले मनोनयनको मिति सारेकाले असार ३ गते साँझ लाठी जुलुस र असार ४ गते मधेस तथा थरुहट बन्दको कार्यक्रम राखेको झाले बताए। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारले आफूहरुलाई सहभागी गराउन नभई आफ्नै सजिलोका लागि निर्वाचन सारेको बताए। उनले सरकारसँग ३ बुँदे सहमति गरिएको र त्यो पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताए। ‘हाम्रो लागि होइन, सरकारले आफ्नै लागि चुनाव सारेको हो’ उनले भने।

यस्ताे छ बिज्ञप्ती