बीमा नगरी गुड्छन् संसदका गाडी : चालकले गरे यस्तो विरोध

मुलुकको नीति निर्माण गर्ने मुख्य निकायका रुपमा रहेको संसद सचिवालयले ४ महिनासम्म आफूले प्रयानेग गर्ने सवारी साधनको बीमा नगरी सवारी चलाएको पाइएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

सभामुख, पूर्वसभामुखदखि संसदको विभिन्न समितिका सभापति तथा सचिवालयका उच्चपदाधिकारी चढ्ने सवारी साधनको चार महिनासम्म बीमा नगरी सवारस् साधन चलाएको भन्दै संसद सचिवालयका चालकहरुले आन्दोलन गरेपछि मात्रै सचिवालयले सवारी साधनको बीमा प्रक्रिया सुरु गरेको छ ।

संसद सचिवालय अन्तर्गत रहेका ९६ वटा सवारी साधन र ६६ वटा मोटरसाइकल बीमा नै नगरी गुडेको पत्ता लागेपछि सवारी चालकले विरोध गर्दै सवारी नचलाउने धम्की दिएका कारण सचिवालयले ती सबै सवारी साधनको बीमा गराएको थियो ।