नेपालीमा सबैभन्दा कमजोर विद्यार्थी, सामाजिकमा पनि…

काठमाडौं ,परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइईको नतिजाअनुसार अनिवार्य नेपाली विषयको नतिजा सबैभन्दा खस्किएको पाइएको छ । आजको कान्तिपुरमा यो खबर छ ।

४ लाख ४५ हजार ६ सय ६४ विद्यार्थीले परिक्षा दिएकोमा अनिवार्य विषय ६ वटामध्ये ए प्लस ल्याउने सबैभन्दा कम नेपालीमा छन् ।नेपालीमा १ सय ८१ जनाले मात्रै ए प्लस अर्थात ९० भन्दा बढी अंक ल्याएका छन् ।

अंग्रेजीमा ९ हजार ४ सय १० जना, गणितमा २८ हजार १३, विज्ञानमा ७ हजार ५ सय ४४ जनाले ए प्लस ल्याएका छन् । नेपालीपछि समाजिक कमजोर देखिएको छ । सामाजिकमा ३ सय ९७ जनाले मात्रै ए प्लस ल्याएका छन् । यो विषयमा डी र ई ल्याउने १ लाख ६ हजार छन् ।