कर्णाली राजमार्गमा भयानक दुर्घटना, ज्यान गुमाउनेको संख्या १२ पुग्यो

कालिकोट,कालिकोटको जीतेगडाबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस दैलेखको आठवीस नगरपालिका ४ नैनलदेव मन्दिर नजिक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा घाइते भएका एक व्यक्तिको मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो। दैलेखको राकम स्वास्थ्य चौकीमा उपचारका क्रममा कालिकोटको रासकोट नगरपालिका वडा नम्बर ६ घर भएकी मेनुका फर्सालको मृत्यु भएको हो।

घटनामा १८ जना घाइते छन्। त्यसमध्ये गम्भीर अवस्थामा रहेका २ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगन्ज ल्याइएको छ। बाँकी १५ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि सुर्खेत लगिएको छ। घटनामा घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ।

मृत्य भएका १२ मध्ये ९ जनाको सनाखत भइसकेको प्रहरीले जानकारी दिएको छ। बाँकी ३ जनाको परिचय खुल्न बाँकी छ। प्रहरीका अनुसार बसमा ३२ जना यात्रु सवार थिए। बस कर्णाली राजमार्गबाट ३ सय मिटर तल कर्णाली नदी किनारमा खसेको थियो।

दुर्घटनामा मृत्यु भएकाहरुको नामावली :

१) सिंहा नेपाली, विनायक नगरपालिका,अछाम

२) रुपा नेपाली, विनायक नगरपालिका,अछाम

३)धिरेन्द्र बीसी, भैरवस्थान,अछाम

४)युवराज शाही, राजकोट नगरपालिका- ६ कालिकोट

५) सुनिल शाही, शान्नि त्रिवेणी गाउँपालिका, कालिकोट

६) धर्मराज शाही, रासकोट नगरपालिका- ५ कालिकोट

७) प्रकाश शाही, रासकोट नगरपालिका- ५ कालिकोट

८) कविता शाही, रासकोट नगरपालिका- ५ कालिकोट

९) मेनुका फर्साल, रासकाेट ६ (उपचारका क्रममा मृत्यु)