भोट कस्लार्इ र किन हाल्ने बडो दोधारमा छु !

एक मधेशी युवाकाे चिन्ता

दोश्रो चरणको चुनाव नजिकिन थालिसक्याे  । सेना परिचालन हुन्छ भनेर सरकारबाट बेला बेला संकेत समेत देखापरीसक्याे । म अन्याैलमा छु । मुलुकमा चुनाब हुन लागेकाे हाे की ? संकटकाल घाेषण हुन लाग्या ? बडाे अाश्चार्य चकित छु ।  वैशाख ३१ हुने चुनाव दुइ चरणमा बिभाजन गरियो । पहिलो चरणको चुनाव मजैले सकियाे  । एमालकोे बाढि नै ओर्लियो भने काँग्रेसको झरि माअाेबादी अाेरालाे लाग्याे  उता रंजु दर्शनाले नि पनि परिपक्कै दाबेदारी देखाइन भने राप्रपालाई खडेरि लाग्यो ।

उमेरले सायद म बुद्धिजिवि हैन । तर अनुभविको आधारमा म आफुलाई अाफनाे सामाजकाे बुृद्धिमान नै ठान्छु । म प्रदेश नं दुइबाट प्रतिनिधित्व गर्छु । मलाई सप्तरीया भनेर भन्दा नि हुन्छ । हाल काठमाण्डौं केन्द्रित भएर काम गर्दै छु । आज भोलि मेरो मनमा एउटा गम्भिर प्रश्न उठने गर्छ । आखिर २० बर्ष पछि हुन गइरहेको स्थानिय चुनावमा कुन पार्टिलाई भोट हाल्नु ? एमाले , कांग्रेस, माअाेबादी, राप्रपा , राजपा वा अन्य दल । बडाे दाेधारमा छु । कुनै दलले पनि मुलुककाे समकालिन समास्या हल गर्ने उपाय खाेजेकाे देखिदैन ।बरू समास्यालार्इ मलजल गर्ने गरेकाे देखिन्छ ।

राजपा भन्छ, एमालेले गर्दा पछिल्लो सप्तरीको घटना सहित दर्जनौ मधेशी मारिए । एमालले संसदमै दावी गरी भन्छ, हामी सप्तरीबाट निस्किदा सप्तरीमा गोलि चल्यो । अनाैठाे छ मर्छन जनता दाेहरी खेल्छन दलहरू ।काेही  काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गर्छन् काेही एमाले त्यागि माअाेबादी प्रक्रिया चलिरहन्छ । आखिर कसलाई सहि मान्नु र कसलाई गलत ? सरकारले भन्छ एक थोक पार्टिले भन्छ अर्कै थोक । कुन पार्टिलाई भोट हाल्नु ? कुनै बेला त यस्तो लाग्छ हाम्रो देशमा सहि नेता  नै छैनन् कि कसो ?

केपि ओलि सरकारको बेलामा एमाले र माओवादि सरकारमा थियाे भने । खोइ के मा कुरा मिलेन दुर्इ बामपन्थी घटकहरू पानी बाराबारकाे अबस्थामा पुगे ।  आखिर कुन पार्टी राम्रो । कसलाई भोट हाल्नु । देशको अवस्था यस्तो छ की एमाले सरकार हुँदा काग्रेस माओवादिले गल्ति कोट्याउने अनि माओवादि सरकार हुदा वा अन्य पार्टीको सरकार हुँदा अरुले गल्ति कोट्याउने । मिलेर बस्ने त सोचै छैन ।

अहिले चुनावकाे माहाेल जनतामा एउटा प्रकारकाे उद्धेलन पैदा हुदैछ । उमेदवारमा जनता प्रति सकारात्मक सोच भइ आफनो गाँउ ठाउ सहित देशलाई विकासन्मुख गति तिर लिएर जाने सोच हुनु पर्नेमा तर ….. जित्ने वितिक्कै नेपाल होइन् गाँउलाई छोडेर जान्छन् । अनि महिना दुइ चोटि आउछन् । सोहि पार्टिबाट मात्र स्वागत सत्कार गरिन्छ र फेरी उहि ताल । यार कसलाई दिनु भोट ?

अन्यत्मा भन्न चाहन्छु सायद यो पालि मैले हालेको भाेटकाे अपमान हुने हाे भने किन भाेट हाल्नु ? यदि हालेपनि कर्मचारीकाे राजनितिले  मत बदर हुन्छ कि डर लागिरहेछ ।