अबैध प्राबिधिक कलेज संचालकलार्इ अखिल क्रान्तिकारीकाे जनकारवाही
बाँके ,काेहलपुर नेकपा निकट भातृ संगठन अखिल क्रान्तिकारीले शैक्षिक माफिया बिरूद्ध् फेरी अर्काे कारवाहि गरेकाे छ । बाँकेकाे कोहलपुर स्थीत शिवालय टेक्नीकल कलेजका संचालकहरू द्भय शैक्षीक सञ्चालकहरू दिपेन कठायत र जनक बडुवाललाइ अबैधानीक रूपमा प्राबिधिक कलेज संचालन गरेर बिद्यार्थीहरूलार्इ ब्रम्हलुट मच्चाएकाे बताइएकाे छ ।
क्रान्तिकारीले सञ्चालकहरू दिपेन कठायत र जनक बडुवाललाइ कब्जा गरी प्रहरी प्रशासनलार्इ बुझाएकाे अखिल क्रान्तिकारीका भेरी इन्चार्ज केवी मल्लले बताएका छन ।
मल्लले साेमबार निकालेकाे बिज्ञप्तीमा भनिएकाे छ । उनिहरूले अबैधानीक रुपमा टेक्निकल कलेज सञ्चालन गरी बिधार्थी ठग्ने र बिधार्थीको भविश्य बर्वाद बनाउने काम गरेकाेले हामीले कब्जा गरी प्रहरीको जिम्मा लगायका छौ । यदि शैक्षिक दलालहरूले सहि ढंगले कारवाहि नबडाए संगठनले थप कारवाहि गर्न बाध्य हुने मल्लले बताएका छन ।
यस्ताे छ बिज्ञप्ती
आखिल(क्रान्तिकारी)
भेरी क्षेत्रिय समन्वय सामिती
बिषय-प्रेश -बिज्ञप्ती
हाम्रोसंगठन आखिल(क्रान्तिक्रारी)बिभीन्न खाले शैक्षीक बिकृती र बिसंगतीका बिरुद्ध मात्र होइन शैक्षिक दलाल र माफीयाहरु बिरूद्ध प्रतिरोधात्मक कार्वाही पनि गर्दै आइरहेको छ।अबैधानीक रुपमा सञ्चालन गरी बिधार्थी ठग्ने र बिधार्थीको भविश्य बर्वाद बनाउने बांके,कोहलपुर स्थीत शिवालय टेक्नीकल कलेजका शैक्षीक दलाल सञ्चालकहरू दिपेन कठायत र जनक बडुवाललाइ हामीले कब्जा गरी प्रहरीको जिम्मा लगायका छौ । विधार्थीबाट असुलीयको सबै खाले शुल्क फिर्ता गरी बिधार्थीको खर्चसमेत तिर्नु पर्ने र उक्त समातीयका शैक्षीक दलालहरु लाई हदै सम्माको कार्वाहीको माग गर्दछौ।अन्यथा थप प्रतिरोधात्मक कार्वाही गर्न संगठन बाध्य हुनेछ।
केबी मल्ल
संयोजक
भेरी क्षेत्रिय समन्वयन समिति