प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’

जेठ ,प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल राजपुरमा रहेको उच्च न्यायालय निरीक्षण्को क्रममा सो कुरा बताउनुभएको हो ।

कार्कीले लामो समयदेखि जम्मा भएका मुद्दाहरुलाई चाडो किनारा लगाउन निर्देशन दिनुभएको थियो । ‘यो देशमा राम्रो काम गरेको कसैले देखि नसहँदो रहेछ । मैले न्याय क्षेत्रमा राम्रो काम गरौंला भन्ने सोचेको थिएँ ।’ कार्कीले भन्नुभयो ।आजको नेपाल समाचारपत्रमा खबर छ ।