उत्तर कोरियाका १८ अधिकारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

एजेन्सी,संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् बैठकले उत्तर कोरियाका १८ जना उच्च पदस्त अधिकारीलाई विदेश भ्रमणमा लागि प्रतिबन्ध लगाएको छ । शुक्रबार बसेको सुरक्षा परिषद्को बैठकमा अमेरिकाले राखेको उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

सुरक्षा परिषदको बैठकमा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउँने प्रस्तावमाथि समर्थन जनाउँदै अमेरिका र वेलायतका प्रतिनिधि

संयुक्त राष्ट्रसंघको आग्रहलाई वेवास्ता गर्दै उत्तर कोरियाले लगातार परमाणु मिसाइ परीक्षण गरिरहेको भन्दै उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाइएको हो । प्रतिबन्ध लगाइएका उत्तर कोरियाली अधिकारीहरुमा उत्तर कोरियाका सुरक्षा निकायका अधिकारी, अन्य सरकारी निकायका अधिकारी साथै उत्तर कोरियाली वर्कर्स पार्टीका नेताहरु रहेको बताइएको छ ।

सुरक्षा परिषदको बैठकमा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउँने प्रस्तावमाथि समर्थन जनाउँदै अमेरिका र वेलायतका प्रतिनिधि
यसले उत्तर कोरियालाई परमाणु मिसाइलको परीक्षण रोक्नका लागि थप दवाव पर्ने सयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हलेइले बताउनु भयो । चीनले भने वार्ता र सहमतिबाटै समस्याको समाधान गर्नु पर्ने पुरानै अडान दोहोर्‍याएको छ । संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत लीउ जिएयीले भन्नुभयो ‘हालको परिस्थिति जटिल र संवेदनशील छ । यसलाई सुधार्ने उपयुक्त मार्ग वार्ता र सहमति नै हो’ ।
संयुक्त राष्ट्रसंघले लामो समयदेखि निरन्तर रुपमा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउँदै आएको छ । अमेरिका चीनले पनि उत्तर कोरियामा पूर्ण प्रतिबन्ध लगाउनु भन्दै चीनलाई आग्रह गर्दै आएको छ ।