अनिश्चितकालीन हुम्ला बन्द आह्वान, निजी विमान उडानमा रोक

हुम्ला,हुम्लामा उडान भर्ने निजी विमान कम्पनीहरुले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै विभिन्न क्षेत्रका प्रतिनिधिहरुले अनिश्चितकालीन हुम्ला बन्द आह्वान गरेका छन् ।

हुम्ला उद्योग वाणिज्य संघको अगुवाइमा नवनिर्वाचित जनप्रतिनिधि, नागरिक समाज र राजनीतिक दलहरुको संयुक्त आह्वानमा शनिबारदेखि हुम्ला बन्द गरिएको हो । बन्द आह्वानसँगै सदरमुकाम सिमिकोटमा रहेको विमानस्थलमा निजी विमान कम्पनीहरुलाई उडानमा रोक लगाइएको छ । बन्दले सिमिकोट बजार पूर्णरुपमा प्रभावित भएको छ ।

जिल्लामा उडान भर्ने विमान कम्पनीहरुले दैनिक उपभोग्यलगायतका सामाग्री ढुवानी गर्नुपर्ने, नेपाल खाद्य संस्थानको खाद्यान्न नियमित ढुवानी गर्नुपर्ने, हप्ताको दुई दिन सहुलियत उडान गर्नुपर्ने, प्रत्येक दिन नियमित उडान गर्नुपर्नेलगायतका माग सरोकारवालाहरुले राखेका छन् । उनीहरुले निजी विमान कम्पनीहरुसँग यसअघि भएका सहमतिसमेत लागू गर्नुपर्ने माग गरेका छन् ।