दिनदाहाडै डोटीमा भारतीय प्रहरीद्वारा नेपाली अपहरण
दिपायल,डाेटीकाे सिलगडी स्थित लडागडाका लालबहादुर अाउजीलार्इ भारतीय प्रहरीले अपहरण गर्न खाेजेकाे छ । नेपाल प्रहरी र नागरिकको निगरानी छल्ने उदेश्यले पर्यटकको बाहनमा आएर डोटी सदरमुकाम दिपायलस्थित सिलगडी–८, लडागडाका लालबहादुर आउजीलाई राती घरैबाट अपहरणगरी भारततर्फ लग्दै गर्दा भारतीय प्रहरी उपरीक्षक (डिएसपी) सहितको टोली पक्राउ परेको हाे । भारतीय प्रहरी एसपी नागराजसहित ७ जनाको टोली डोटी प्रहरीको नियन्त्रणमा छ ।
तर नेपाल प्रहरीका डोटी एसपी डिल्लीराज विष्टले सुचना दिन अस्विकार गरेका थिए । जिल्ला प्रहरी कार्यालय डोटीको ०९४,४२०२०५ मा सम्पर्क गर्दा फोन उठाउँने प्रहरीले सुचना दिनु त के नाम र पदीय जिम्मेवारीसमेत नबताउने र गलत नम्वर दिएर घटनाकोे सुचना लुकाएर अतिक्रमणकारी तन्वलाई नै प्रश्रय दिन खोजिएकाे थियाे ।
बिनाइजाजत नेपाल आएका उनीहरुले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका-८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए । उनीहरुले आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै नाम्लोले हातखुट्टा बाँध्नुका साथै मुखमा पट्टी लगाएर गाडीमा हाली भारततर्फ लैजाने प्रयास गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि भारतीय टोली पक्राउ पर्यो । खानतलासीको क्रममा उनीहरु भारतीय प्रहरी अधिकारी डिएसपी नागराजसहित नेतृत्वमा रहेको पुष्टि भएपछि उनीहरुलाई प्रहरीले सम्मानपूर्वक व्यवहार गरेको थियो ।
घटनाको विषयमा सुचना लुकाउने, अपहरणकारीको बस त्रिपालले छोपेर राख्ने र पत्रकारलाई फोटो लिनसमेत नदिनुको कारण के हो ? सम्बन्धित निकायले जानुन । अपहरणकारी भारतीयले जाँच चौकीहरुमा ‘शैलेश्वरी भ्रमण गर्न जान लागेको’ भन्दै अगाडि बढेका र २ जना नेपालीलाई पथप्रदर्शक बनाएर गएको खुल्न आएको छ ।
डोटी एसपीले अपहरणकारीहरुलाई आफ्नो कार्यकक्षमा स–सम्मान राखेको र अपहरित लालबहादुरलाई हिरासतमा राखेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । यो घटनाले नेपालको सुरक्षा र नेपाल प्रहरीको क्षमतामै प्रश्न उठेको छ ।
यस्ताे भन्छन मानबअधिकारकर्मी
मानवअधिकारकर्मी तथा अधिवक्ता डण्डीराज ओझाले भने नेपाल सरहदभित्र आएर नेपालीलाई मध्यरातमा अपहरण गर्नु अन्तर्राष्ट्रिय सन्धी महासन्धी र नेपालको कानुन बिपरित भएको बताउँछन् । उनले भने, ‘अपराधीलाई स-सम्मान बुझाउनु मिल्दैन । ‘भारतीय भू-भागमा अपराध गर्ने नेपालीहरुलाई भारतले नेपाललाई बुझाएको छ र ?’ ओझा प्रश्न गर्छन्, ‘भारतीय प्रहरी हो भन्दैमा हाम्रो देशमा आएर जे पनि गर्न पाइन्छ र ? उनीहरु अपहरणकारी हुन्, अपहरणकारीलाई जे सजायँ हुन्छ त्यही सजायँ उनीहरुलाई पनि हुन्छ ।’
अनन्तः सुटुक्क बुझायाे सरकारले
तर सरकारले नेपाली नागरिकलाई अपहरण गर्ने भारतीय प्रहरीहरुलाई कुनै कारबाही नगरी भारतको जिम्मा लगाइएको छ । बिनाइजाजत नेपाल आएका उनीहरुले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका-८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए । सरकारले लैनचाैर स्थित भारतिय दुताबासकाे अादेशमा सुटुक्क बुझाएकाे स्राेतले बताएकाे छ ।