मुख्य चोकमै बिशिष्ट मान्छेको शालीक कि ! तुम्बा रक्सीको शालीक ?

धनकुटा ,हरेक मान्छेले सहजै साेच्नसक्छ । कुनैपनि शहरकाे मुख्य चाेकमा शहिद तथा बिशिष्ट मान्छेहरूकाे शालिक हुन्छ  !  तर धनकुटाकाे हिले बजारमा त्यस्ताे छैन । बजारकाे मुख्य भागमै तुम्वारक्सीकाे शालिक छ । 

सरकारले सार्वजनीक स्थानमा चुरोटबिँडी ,मादक पदार्थको बिज्ञापन गर्न बन्देज गरेकाे धेरै भैसक्याे  तर हिले बजारमा तुम्वा रक्सीकाे शालीक अब्यस्थित छ  ।  धनकुटाको हिले चोकमै तुम्बाको सालिक राखिएको छ । त्यसकाे बिषयमा स्थानियहरू अाफै अनबिज्ञ छन । बाहिरबाट गएका पर्यटकहरूलार्इ त्याे शालीकले अाश्चार्य चकित पार्छ  ।

सरकार सार्बजानीक ठाउमा मादक पदार्थजन्य बस्तुकाे बिज्ञापन गर्न बन्द गर्ने । अनि शहरका मुख्य भागमै रक्सीका बाेतलका शालिक बनाउने ?  बाहिरबाट गएका पर्यटकहरूले  कसरी बुझ्ने ? त्यसले दिने सन्देश के ?  धनकुटा बजारकाे मुख्य भागमा रहेकाे तुम्बाकाे शालीक राख्नुलार्इ कसरी बुझ्ने ?  के यस्को सन्देश खादाँ हुन्छ भन्ने होईन  ? एक अान्तरिक पर्यटकले भने  स्थानीय प्रशासनले रोक्नु पर्ने होईन र ? किन राेकेकाे छैन । त्यसकाे ठाउमा अन्य कुनै स्तम्भ या शालीका राख्न सक्दैन र रक्सीकै राख्नु पर्ने ? तर जिल्लाका सराेकारवाला निकाय भने नजवाफ रहेका छन ।