जाँदाजाँदै उर्जामन्त्री शर्माले ल्याए धेरै राम्रो योजना

काठमाण्डाै । ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ ।‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको छ ।

विद्युत्तमा पहुँच नभएका सबै नागरिकसमक्ष विद्युत्तको पहुँच पुर्याइनेछ,’ ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘यसबाट खाना पकाउने ग्यास विस्थापन गर्न सकिन्छ ।

’मन्त्रालयले आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत्त उत्पादन गर्ने गरी एकैपटक ठूला जलविद्युत्त आयोजना सुरु गर्ने प्रस्ताव गरेको छ । उर्जामा लगानीको समस्या नभएको भन्दै शर्माले ४ हजारमा जनताको लगानी उपयोग गर्न सकिने बताए ।अाजकाे नयाँ पत्रिकामा खबर छ ।