सुनसरीका केहि स्थानमा सेना परिचालन
प्रकासित मिति : २०७४ जेष्ठ ११, बिहीबार १५:५५
प्रकासित समय : १५:५५
काठमाडौं, जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि सुनसरीका विभिन्न चार स्थानमा नेपाली सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुनसरीको देवानगन्ज, धरान, इनरुवा र दुहबीमा नेपाली सेनाको गुल्म स्थापना गरी सेना परिचालन गरिएको हो ।
जिल्लामा विभिन्न तराईका भुमिगत समुह, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, लिम्बुवान जन्य संगठन र सिके राउत समुहले निर्वाचन विरोधी गतिविधी बढाएको भन्दै नेपाली सेनाले बिहीबार (आज) बाट नियमित गस्ती सुरु गरेको छ ।