एमालेद्वारा संसद बैठक अवरुद्ध, धन्यवाद प्रस्ताव समेत पेश हुन पाएन्

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा संसदले दिने धन्यवाद प्रस्ताव समेत पेश हुन सकेन् ।

संसदको आज बसेको पहिलो बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । दोस्रो बैठकमा धन्यवाद प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको थियो । तर एमालेले संसद अवरोध गरेपछि त्यो अघि बढ्न सकेन ।

संसदको दोस्रो बैठकपछि पत्रकारसंग कुरा गर्दै एमाले उपाध्यक्ष बमादेव गौतमले प्रधान न्याययाधीश विरुद्धको अविश्वास प्रस्ताव, सरकारले थपेको स्थानीय तहको संख्या लगायतका विषयमा सहमति नबन्दासम्म संसद चल्न नदिने बताए । सरकारले भने विपक्षी दलको अवरोधले आश्चर्यचकित बनाएको प्रतिक्रिया दिएको छ ।

उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधीले विपक्षी दलले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसम्म अघि बढाउन नदिएर संविधान र लोकत्नत्रको खिल्ली उडाएको तर्क गरे । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र यादवले पनि एमालेको संसद अवरोध र वर्तमान क्रियाकलापले स्थानीय तह निर्वाचनका लागि बन्दै गएको वातावरण समेत बिग्रने बताए ।

संसद वैठक (शुक्रबार) दिउँसो १ बजेका लागि डाकिएको छ ।