अवैध भारुसहित एक भारतीय पक्राउ

झापा, भारतबाट अवैध रुपमा भारतीय रुपैयाँ नेपाल भित्राउन लागेका एक भारतीयलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले तीन लाख ३३ हजार भारतीय रुपैयाँसहित मेची भन्सारको मूलगेटबाट पक्राउ गरेको हो ।

उनले शरीरका विभिन्न भागमा लुकाएर अवैधरुपमा भारतीय रुपैयाँ भित्राउन लागेको प्रहरीले जनाएको छ।