देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डद्वारा राजीनामा
काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नैतिकताकाे खडेरी ताेडछु भन्दै राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन ।
नेपाली कांग्रेससाग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण गर्ने भन्दै उनले राजीनामाको घोषणा गरे । नैतिकताको खडेरी तोड्छु भन्दै उनले भने, ‘बचनको भसोरा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन ।
यस्ता छन प्रधानमन्त्रीको सम्बोधनका प्रमुख बुँदाहरू
लोडसेडिङ अन्त्य,
लगानीको वातावरण बनाउन विशेष आर्थिक क्षेत्रसम्बन्धी कानुन,
शिक्षा क्षेत्रमा छात्रवृद्धि प्रदान,
सात प्रदेशमा एकएक कृषि क्याम्पस स्थापना गर्ने कार्य सम्पन्न,
सबै प्राथमिक स्वास्थ्य केन्द्रमा दुई चिकित्सक,
अस्पतालमा ओपिडी सेवाको समय बढाइएको छ,
मृर्गौला प्रत्यारोपण निशुल्क गरिएको छ,
स्वास्थ्य बिमा विधेयक र राष्ट्रिय स्वास्थ्य विधेयक संसदबाट पारित हुने अवस्थामा छ,
सेवाका आधारमा अस्पतालको वर्गीकरण,
मेरो वर्ष म स्वास्थ्य र मेरो देश स्वस्थ्य अभियानको रुपमा मनाइदै छ,
नेपाली सेना र नेपाल प्रहरीको अस्पतालमा सर्वसाधारणलाई उपचारको व्यवस्था,
वैदेशिक रोजगारीमा मृत्युदण्ड सुनाइएका नागरिकका लागि कुटनीतिक पहल भएको छ,