अर्को थबाङ कालिकोटको माल्कोट, जहाँ दमनका कुनै पनि औजार स्विकार्य हुँदैनन्

काठमाडौं, कालीकोटको सदरमुकाम मान्मदेखि पारी पट्टी एउटा सानो वस्ती छ । जहाँ कुनै पनि प्रकारका राज्यका दमन टिक्न सक्दैनन । राेल्पाकाे थबाङ जस्तै मान्मले बिगतदखि नै एउटा इतिहाँस काेर्दै अाएकाे छ ।  लामो समय गरिबी,अभाव,उत्पिडन,दमन, विभेद र अन्याय अत्याचारको जाँतोमुनि पिल्सिएको त्यस दलित बस्तीको नाम हो माल्कोट । जनयुद्धको सुरुवातीदेखी त्यस वस्तीले आफुलाई अनपेक्षित यु टर्न गरिदिएकाे छ  ।

अब उप्रान्त विभेद र दमनका कुनै रुपरंगहरुलाई स्विकार नगर्ने माल्कोटको प्रण इतिहासको एउटा निर्णायक घोषणा सावित भयो । जब पहिलो पटक त्यहाँका महिलाहरुले प्रहरीको हतियार खोसेर ज्यादतिको शाहसिक प्रतिबाद गरे आज पनि त्यहि धरातलमा उभिएको छ माल्कोट ।

जब माल्कोटले आफ्ना वास्तविक प्रतिनीधिहरु भेटाउदैन उसले जालसाँजी र धोकाधडीको सुरुवातीका लागि गरिने विधि र प्रकृयाहरुलाई पूर्ण रुपमा खारेज गरिदिन्छ । स्थानिय निर्वाचन २०७४ लाई पनि माल्कोटले त्यसै रुपमा लियो । हेर्दा भिराला कान्लाहरु वीचमा खुलालु खोला अलि तल दक्षिणतिर आफ्नै प्रवाहमा बगेको कर्णालीका उतार चढावपूर्ण छालहरु, उत्तरतिर अछामसंग सीमाना जोडिएका अग्ला हिमाली डाँडाहरु, पाखा पखेरामा घन्किरहने पौरखका गितहरु यि माल्कोटका विशेषताहरु हुन् ।

एक प्रकारले आफ्नै धुनमा छ माल्कोट । ऊ कसैको रवाफ र पाखण्डी शासन स्विकार गर्दैन बरु रगतको मुल्य चुकाउन तयार हुन्छ । बैसाख ३१ को निर्वाचनमा पनि दिनभर प्रहरी र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच झडप भयो त्यहाँ । तनाबको चुरो कुरो के हो भने पाखण्डी व्यवस्थाले फेरि कुन शासकलाई टाउकोमा थोपर्छ र हामी भेडा बन्नुपर्छ भन्ने वुझेको छ माल्कोटले ।

झडपका वीच मतदान सम्पन्न गर्ने प्रहरी प्रशासनको प्रयास अन्ततः सफल हुन नसक्नुको कारण पनि त्यही हो । दोहोरो झडप गोली हानाहानमा परिणत हुँदा पनि माल्कोट पछाडि हटेन । प्रहरी र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता दुवै फाइरिंगमा उत्रिएपछि तीन जना घाइते भए तर माल्कोट न पराजय स्विकार्ने पक्षमा रह्यो न आत्मसमपर्णको ।

यस जटिल परिस्थितीमा नेपाली सेना यसमा पूर्ण हस्तक्षेपका लागि तयार भएन । प्रहरी निर्वाचन अधिकृतलाई साथमा लिएर भाग्यो । सेना जनता र प्रहरी बीचको झडपमा पर्न चाहेन । उसले सुरक्षाको वर्दीमा जनता विरुद्ध फाइरिंगको साँटो तटस्थ बसेर जनताको पक्ष लियो । माल्कोटमा नेपाली सेनाले पुरा गरेको भूमिकालाई नेपाल कम्युनिष्ट पार्टीले सकरात्मक रुपमा लिएको छ ।

समाचारमा जनाइए अनुसार एक जना सेनाले हतियार नै छोडेपछि प्रहरी र कर्मचारीहरु वीच भागाभाग भयो र अन्ततः मतपेटिकाहरु खोसेर माल्कोटका विद्रोही जनताले मज्जासंग आगो दन्काए । त्यसमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ब्याक साइटमा सपोर्ट गरे ।

यस पटक पनि माल्कोटले आफ्नो विद्रोही भूमिका र गौरबपूर्ण इतिहासको विरासत शानदार रुपमा दोहोर्यायो । माल्कोटले १० बर्षिय जनयुद्धमा थुप्रै योद्धा र वहुवीरहरु जन्माएको छ, गुमाएको छ र फेरि जन्माएको छ । यो चक्र आज पर्यन्त जारी छ ।