संकटकालझै सरकार दमनमा उत्रिए,प्रतिकारमा उत्रन बिप्लवको अपिल

काठमाडौं, देशभर सरकारले संकटकालमा जस्तै अाफ्ना नेता कार्यकर्तालार्इ विनाकारण गिरफ्तार गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारप्रति कडा अाक्राेश व्यक्त गरेका छन् । अाइतबार एक विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले संविधानकाे उल्लंघन गर्दै सरकार अाफैले दमनपूर्ण रवैया अपनाएकाे र अाफ्ना १५० भन्दा बढी नेता कार्यकर्ता गिरफ्तार गरेकाे जानकारी दिँदै यसले ठूलाे द्वद्वकाे सिर्जना गर्ने संकेत दिएका छन् ।

सरकारले अाफ्ना कार्यकर्ताहरु व्यापक मात्रामा गिरफ्तार गर्ने, यातना दिने र झुट्टा मुद्दा लगाउने कार्य जारी राखेमा यसकाे प्रतिवाद गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् । उनले प्रचण्ड सरकारलार्इ चेतावनी दिँदै भनेका छन्, ”दमनबाट उत्पन्न प्रतिराेध संघर्षकाे जिम्मेवार प्रचण्ड सरकार नै हुनुपर्नेछ ।” आइतबार बिहान मात्र सरकारले नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर व्यूरो इन्चार्ज सन्देश पौडेललाई महोत्तरीको बर्दिवासबाट गिरफ्तार गरेकाे छ । त्यसैगरी बर्दिया, रुकुम, काभ्रे, चितवन, सिन्धुली, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौँ, दोलखा, सल्यान, जाजरकाेट, धादिङ, पर्वत, राेल्पा लगायतका जिल्लामा ठूलाे संख्यामा नेकपाका कार्यकर्ताहरुलार्इ सरकारले विनाकारण गिरफ्तार गरेकाे छ । महासचिव विप्लवले गिरफ्तार गरिएका ती सबै कार्यकर्ताहरुलार्इ रिहा गर्न माग गरेका छन् । साथै सरकारले जारी राखेको गिरफ्तारी र धरपकडविरुद्ध उत्रन कार्यकर्ता र जनतालाई अपील समेत विप्लवले गरेका छन् । ”संकटकाल सम्झाउने गरी प्रचण्ड सरकारले गिरफ्तार गरेको छ ।

सरकारले हालसम्म हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज क. सन्देश पौडेल र वैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जनसहित बर्दिय, रुकुम, काभ्रे, चितवन, सिन्धुली, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौँ, दोलखा, सल्यान, धादिङ पर्वतलगायत जिल्लाबाट १५० जनाभन्दा बढी नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तार कमरेडहरुलाई युद्धकालमा जस्तै झुट्टा मुद्धा लगाएको छ, कैयौंलाई यातना दिएको छ र वेपत्ता पारेको छ ।

हामी प्रचण्ड सरकारको गिरफ्तारी, तानाशाही मदनको कडा भत्र्सना गर्दछौँ” विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासचिव विप्लवले सरकार तानाशाही रुपमा दमन र गिरफ्तारीमा उत्रेकोमा त्यसकाे भर्त्सना गर्दै गिरफ्तार नेता–कार्यकर्तालाई विना शर्त रिहाई गर्न समेत माग गरेका छन् । ”पार्टी पंक्ति, नेता, कार्यकर्ता, आम नेपाली श्रमजीवी नागरिकलाई प्रचण्ड सरकारको दमनबाट नहड्बडाउन, नआत्तिन र प्रतिक्रियावादी संसदीय चुनावको खारेज अभियानमा जुट्न र राज्य आतंकको प्रतिरोध गर्न अपील गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।