गठबन्धनबाट यादवलाई हटाइयो
प्रकासित मिति : २०७४ बैशाख २४, आईतवार ०१:०६
प्रकासित समय : ०१:०६
काठमाडौं,मधेसको माग पुरा नहुँदै स्थानीय निकायको निर्वाचनमा सहधागी भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरी निष्कासन गरेको छ । तर मोर्चाले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन भने, यादवले आफू मोर्चामा रहेको दाबी गर्दै आएका छन् ।
यादव २९ दलीय गठबन्धनबाट पनि निष्कासित भएका छन् । गठबन्धनको निर्णय विपरीत निर्वाचनमा सहभागी भएको भन्दै गठबन्धनले कारबाही गरी यादवलाई निष्कासन गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
गठबन्धनले नयाँ संयोजकमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरेको छ ।