प्रचण्डको नाटकीय स्वरूप र शहिदका सपनाहरू

… कालो बादलको गुजुल्टो भित्र अत्याचारको एकहोरो पिसार्इमा थिचोरीएर निचोरिएका ति अपहेलित मनहरुको एउटा सपना थियो । जीवनमा कम बाचेर धेरै सपनाहरू पूरा गर्ने लक्ष्य बोकेका मेरो प्रिय सहिदहरु आज मेरो अगाडि कहि कतै देख्न सकिरहेको छैन । न त सगल रूपमा ती महान प्रिय सहिदहरुको भौतिक शरीरलाई मेरा यी नयनहरुले देख्न सकिरहेको छन्  न त उनिहरुले बोल्ने सुरिला आवाजलाई मेरा यी कानले आज कहि कतै सुन्न सकिरहेका छन् । यी सबै सबै सपनामा अल्झिएर बिपनामा छट्पटाउनु बाहेक अरु म सँग बाकी बिकल्प केही रहेनन् । एक पटक यो संगिन घडीमा ती महान सपूतको अगाडि माफी माग्न चाहान्छु ।

काँडै काँडाले अल्झिएर बाटोको अनुमानीत रेखा पनि नदेखिने ती जङ्गलका ऐझेरु झारहरुलाई पन्छाउन मृत्युदेखि जितेका ती अथक यात्रीहरुलाई आफ्नो जीवन भन्दा देशको सपना प्यारो थियो र पो । जितहरु गणेशपुरमा अस्थाए प्रभात , प्रमोद र इच्छुक सुनिलहरु यहि हाम्रो प्यारो माटोमा अस्थाए । यी अस्थाएर पनि चम्कीरहेका ताराहरु खोज्न भौतारिएका ती आत्मीय मनहरु जो आज आशै – आशामा बिरित्तिएर कती रातहरु निदाउन मानिरहेका छैनन् । कति दिनहरु त झनै उज्यालो छर्न कन्जुस्याइँ गरिरहेका छन् । दिन र रातको कुनै दोसाँध नछुट्टिएको यसघडीमा प्रिय प्यारा सगल ताराहरु खोज्न आतुर यी मनहरुलाई सम्झाउन त के म आफै एकहोरो सुरमा जब उभिएर अनेक सोच्न थाल्दछु । अनि ती चम्किला र हसिला अनुहारहरुले मलाई लक्ष्यबाट पछि नहट्न खबदारी गरिरहदा  म त बिश्वास घाती हुँदै होइन म यात्रामा भोको पेट र नाङ्गो शरीर लिएर कुदेकै छु । तर नढाटी भन्न मन लाग्छ । उ पर … त्यो सिहदरबार र बालुवाटारमा डेरा सरेकाहरु हुन यात्रामा घुडा टेक्ने ! नढाटेर सत्य – सत्य बोलिदिएर ती बेइमानी गद्दारहरु लाई अब सहिद का सजिब आत्माहरु लाई पनि उतै सराप्न लगाउ झै लाग्छ ।

सन्तान गुमाउनुको असैय पिडालाइ लुकाएर सपनाहरू पूरा गर्न प्रेरणा दिने ती सहिद आमा र सहिद परिवारका ती अबिचलित मनहरुले लक्ष्य प्राप्तिको आशीर्वाद दिइरहदा लक्ष्य प्राप्तिको बिछ बाटोबाट भाग्ने ती नालायक प्रचण्ड र बाबुरामहरु हिजो तिनै कलिला सन्तान लाई मर्न उकास्ने र आज जो महान मृत्यु वरण गरि हामीबाट सधै को जो चुडिएर गए उनै को सपनाहरू मा कुठाराघात गरि पिडै पीडाले छट्पटीएर अर्ध चेत मा पल्टिएकी सहिद आमाको छातीमा चुनावको नौटङ्की गरेर खादा र मालाको पहिरनमा भोट दिनै पर्ने बाध्यता कसिरहेका ती गद्दारहरु ले मन जित्न कहाँ हो कहाँ ! धनको धाक दिएर जनयुद्धको सपनाहरूमा बिश्वास घात गर्ने ती अन्जान बादरहरुलाई सपना हत्याराको उपमा दिदा फरक नपर्ला ।

सायद त्यो नै अन्तिम पटक हुनुपर्छ । जतिबेला छोरा युद्धमा जाँदा खुसीको साथ छोराको गलामा विजयको आशीर्वाद दिदै ती सुन्दर फुलका मालाहरु पहिरिएर छोराहरुको युद्धको बिदाइ पछि घर फर्किन पाएका छैनन् । हो त्यही दिन देखि सहिद घर आगनमा फुलहरु नफुलेको दसकौ बितिसकेको छ । न त जित्छु भनेर युद्धमा गएको छोरा फर्किएको छ । न त औलिएका फुलका थुङ्गाहरु फेरि मालाहरुको रुप दिन तयार भएका छन् । हो यिनै खुसी खुसी खोसिएर आँसु बगिरहेको यो पिडै पीडाले छट्पटीएर रोइरहेको ती शोक मग्न आगनमा सहिद छोराको सहयात्री जस्तै मानिने धोखेबाज गद्दारहरु तिनै आगनहरुमा आफूले युद्ध समाप्तिको घोषणा गरेर सपनाहरू अलपत्र छोडी जो सहिद भए उनै को रगतमा पौडी खेल्दै आफू भाग्य ले बाचेको अनुमान लाउने कायरहरु ले लाज नमानी युद्धमा खारेज भएको ब्याबस्था को स्थापना को निम्ति आफ्नो उम्मेदवारीको खुसी साट्न खोजिरहेका छन् ।

जब पन्चे बाजा सहित चुनावको नौटङ्कि गरेर भित्रीएका ती कुरुप गद्दार अनुहार माथी सहिद आमाले अनेक प्रश्न गर्ने गर्छिन् ! मरे मृत्यु , जिते संसार भनेर कसम खाएको मेरो छोराको सपनाहरू माथी तिमी गद्दारहरु ले आफू बाचेको खुसीमा ! दुनियाँ मेरो शत्रुहरुलाई हसाइरहदा के मेरो त्यो सहिद छोरा को सपनाहरू पूरा होलान् ? यस्तै प्रश्नहरुले नाजवाफ भएपछिका दिनहरूमा ति धोखेबाज गद्दारहरु फेरि ती सहिद गाउँ को सहिद आगन मा आफू प्रवेश गर्न सक्ने हिक्मत गर्न सक्ने छैनन् । तर धोका मा अल्झिएका सहिदका सपनाहरू र सहिद आमा ले आफ्नो सत्ता स्थापनाको निम्ति अनेक कष्ठहरु सँग बगाएका आँसुले उनिहरुलाई जीवन भर सरापीरहने छ ।

सयौ युद्धमा निस्किएका हजारौं छोराछोरीहरु मध्य बहादुरी ले देशको निम्ति मृत्यु रोजे र जो सहिद भए आज बाचेका केही अथक यात्रीहरु छन् । जो सहिदको सपना साकार पार्न र आफ्नो लक्ष्य प्राप्तिको निम्ति निरन्तर यात्रा मै दौडिरहेको छन् । जो यात्रा देखि डराएर सहिदको रगतपसिना मा होलि खेल्दै आज सत्तामा पुगेका छन् ! तर उहीँ जनयुद्धको सपनाहरू साकार पार्नको निम्ति लक्ष्य प्राप्तिको बाटो जसले रोजिरहेका छन् । उनिहरुलाइ गद्दार पाखण्डी धोखेबाजहरु ले आफू सत्तामा हुनुको अबसर छोपेर कायरताको परिचय दिदै धमाधम राष्ट्रियताको आवाज उठाउने देशभक्त युवाहरूलाई गिरफ्तार गरि जनयुद्धको लक्ष्यबाट पछि हट्न यातना दिइरहेका छन् ! जो नालायकहरु ती धोखेबाज प्रचण्ड बाबुराम आफुलाइ संसारको बादसाह सम्झिरहेका छन् । घमण्ड ले चुलिएको उनीहरुको मनो आकांक्षालाई सत्ताको अल्पकालीन शक्ति ले झनै चुरिफुरी बनाइ दिएको छ ।

म अहिले पनि सम्झिरहेको छु । बुढौली पनले खुम्चिएका अनुहारहरुमा बुढौली पनका खस्रा धर्सा बसेका ती खस्रा हातहरुले मेरो बालक पनका ती कलिला गाला सुम्सुम्याउदै सहिद आमाले युद्ध नहार्न दिएका आशिर्वाद आज जस्तै लागिरहेका छन् । उसै पनि ती सहिद आमाहरू पुरानो परम्परा माथीको बिश्वासले होला । भगवान माथी ठूलो बिश्वास राखेर छोराछोरी लडिरहेको युद्धको निम्ति जितको कामना गर्दै साँझ बिहान अकर बत्तीको गुझमैलो धुवासँगै एउटा मसिनो घण्टी बजाएर युद्धमा होमिएका छोराछोरीको आयु लामो र जितको कामना गरिरहन्थिन । आमाहरू त्यो त्यो पुरातनवादी संस्कृति मा हुर्केको प्रभावले होला आध्यात्मिकता मा ठूलो भरोसा गर्ने ।  आफ्नो काखमा हुर्केको सन्तानको कामना गर्नु भन्दा पहिला आफुले मानेको भगवानलाई साक्षी राखेर मेरो छोराछोरीको एक कमान्डर प्रचण्ड लाई पनि हामीले देख्न पाउ ।छोराछोरीको एक कुशल कमान्डर प्रचण्ड को ब्याबस्था सम्म हामीलाई बाच्ने आयु मिलोस भन्दै पुजा गर्ने ती आमाहरू आज प्रचण्ड बाबुरामको नाम नसुन्दै एकहोरो पापी र कुकुरहरूको संङ्या दिएर सरापी रहदा लाजै नमानेर उनै अपहेलित आमाहरूको आगन मा भोट माग्न दौडिरहेका गद्दारहरु आफू जितेको डकार हानिरहेका छन् । ती अन्जान सोझा आमाहरुले एकहोरो आफुले आफूले मान्दै आएको भगवानको साक्षी मा छोराछोरीले कमान्डर मानी पुजेका प्रचण्ड बाबुरामहरु तिनै मलिन अनुहारमा सहिदहरु बाटो हेरेर रोइरहेकी सहिद पत्नी र ती नाबालक सहिद छोराछोरीको आँसु ले नुहाएर आफू शितलता लिने धोखेबाजहरु लाई चुनाब मा पनि ढुक्कसँगका लगिरहन देला !

अनौठो छ दुनियाँ जसले जसको लागि काम गरिरहेका थिए उनिहरु आज सात समुन्द्रको दुरिमा युद्धबाट बचेको जीवन बिताउने गरेका छन् । जो ईमानदार भएर गाउँमा बस्न खोजे उनिहरुलाई प्रचण्ड बाबुराम ले म्यादीको र अयोग्य को बिल्ला भिराइ दिएका छन् । जो हिजो हाम्रो यात्राको खरो बिरोध मा उत्रिएका थिए उनीहरु नै जनयुद्धको सपना बेचेर प्रचण्ड बाबुराम को गुलामी मा आफू नायक भएको परिभाषा दिइरहेका छन् ।

सपनाहरू खोसिएको दशकौ बित्यो यी निमुखा सहिद आमाहरुको आवाज हो । आफ्नो बाबाको बाटो हेरेर आँखाका नानिहरु निभ्न थालिसके यी टुहुरा सहिद छोराछोरीको ब्याथा हो । सपना खोसिएर सन्तान चुडिएका ती मनहरुमा चुनावको नौटङ्की गरेर ती धुर्त मनहरुले उभिरहनुको कुनै औचित्य छैन । यो कुरा ती गद्दारहरु ख्याल गरि राखुन । जो संघर्षमय यात्रामा आफ्नो खुसी को निम्ति सहिदको रगत सहिद ले निर्माण गरेको इतिहासलाई धितोपत्र मा चढाइ आफ्नो जीवन धान्ने मेसो कसिरहेका छन् । ती नालायक दुखीका रमितेहरु आफ्ना भने पटक्कै होइनन् । यो सहिद का सन्तानहरु को बयान हो । भोटबाट चोट खाएको हाम्रो एक पुस्ता जिबितै रहदा प्रचण्ड बाबुराम का ढोगिहरु आज अर्कैले निर्माण गरेको घर भित्र अर्कैको सत्तामा आफ्नो अंशबण्डा खोजिरहेका छन् । यो जस्तो ठूलो गद्दारी र धोकाको पीडा हामी र हाम्रो सहिद आमाहरूको लागि अरु के नै हुन सक्छ र ?

बाटो बिर्सिएको छैन । यात्रा रोकिएको छैन ,यात्राबाट छुटे त केवल प्रचण्ड बाबुराम गद्दारहरु जो छुटे ! जो हिजो जनता सँगै खायो , जनता सँगै सुत्यो, र जनताको आगनमा जनता हाँस्दा त्यो हाँस्यो जनता रुदा त्यो पनि रोयो र जनताको नाममा आफ्नो जीवन समर्पित गर्‍यो । हो तिनै हुन् जनताको वास्तविक नायक आज फेरि नेपाल कम्युनिस्ट पार्टी अबिचलित भएर बिप्लबसँगै यो देशमा अझ उसै गरि जुट्यो । यो आस्था र धरोहरको केन्द्र बनी एकीकृत जनक्रान्तीको बिगुल संसारभरी फैलियो । र त प्रचण्ड , बाबुराम को यहाँ निद हरामको रोग फैलियो । तब हो सहिद निमुखाहरुको साथमा हामी कम्युनिस्ट पार्टी नै बलियो ।