पार्टीबाट टिकट नपाएपछि बागी उम्मेदवारी

जाजरकोट,जाजरकोटको कुशे गाँउपालिकामा टिकट नपाएको भन्दै माओवादी केन्द्रकी नेतृ पार्वती थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रिय सचिव थापाले गाँउपालिका प्रमुखमा पार्टीले आफुलाई टिकट नदिएर अन्याय गरेको भन्दै बागी उम्मेदवारी दर्ता गराएको बताईन । महिला भएकै कारण पार्टीले टिकट नदिएको भन्दै उनले आफुले जितेर देखाईदिने दावी गरेकी छन ।

माओवादी केन्द्रले जनकराज गौतमलाई टिकट दिएपछि थापा रुष्ट भएकी हुन । त्यस्तै उनकै प्यानलबाट एमाले नेतृ नारायणकली चन्दले उपप्रमुखमा बागी दिएकी छन ।

टिकट वितरणमा अन्याय गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको बताईन । चन्दका श्रीमान दीपबहादुर थापा एमालेका पुर्व कार्यालय सचिव हुन ।