एचडीएनपी नेपालद्धारा दुर्इ असाय बिद्यार्थीलाई छात्रबृती

काठमाडौ,असाय तथा जरुरत मानविय सहायता नेपाल एचडीएनपी नेपालले दुइ असाहय बिद्यार्थीलाई रु ५० हजार छात्राबृती प्रदान गरेको छ । आज एक कार्यक्रम गरी एचडीएनपी नेपालले दुइ असाय बिद्याथीलाई छात्रबृती स्वरुप उपलब्ध गराएको हो । बिद्यार्थीद्धय रमेश भटराई र सुदिप तामाङ्गलाई ५० हजार रकम उपलब्ध गराएको छ ।द्धय असाय बिद्याथीहरुलाई संरक्षण गरीरहेकी ज्योती संस्थाकी अध्यक्ष मनकुमारी खडका र द्धय बिद्यार्थी भटराई र तामाङ्गले उक्त रकम बुझेका हुन ।कार्यक्रमले ” नेपालको बालबालीकाको लागि ज्योती ” नामक संस्थामा आश्रित – राजन मेम्बोरियल ईन्टरनेशनल बालाजुमा अध्ययनरत दुई बालक रमेश पण्डित र सुदिप तामाङ्गलाई पूर्ण छात्रावृतीको लागि पहिलो किस्तामा रु.५००००/- (पचास हजार) को चेक आश्रमका संचालीका मनकुमारी खड्कालाई प्रदान गरेको छ र दोस्रो किस्ता केही दिनमा उपलब्ध गराउंने घोषणा समेत गरेको छ । 

कार्यक्रममा एचडीएनपी नेपालकी उपाध्यक्ष भगवति राेका भुमिकाले असायहरुको लागि आफनो संस्थाले बिगतदेखी निरन्तर रुपमा काम गर्दै आएको र त्यसैको यो शिलशिला भएको बताइन । भुमिकाले आफुहरुले असायहरुलाई सेवा गर्न पाउदा आत्मीक खुशी समेत प्राप्त भएकाे र यो काम निरन्तर जारी राख्ने समेत जानकारी दिइन । उनले यदी काेही सहयाेगी दाताहरू भए संस्थामा सम्पर्क र समन्वय गर्न अनुराेध गरीन । राेकाले HDNP नेपाल असाह्य मानवहरुको सेवाको लागि स्थापना भएको गैर नाफामूलक सामाजिक सस्था भएकाे र संस्थाका सदस्यहरुको खुत्रुके परिकल्पनाबाट थालनी भएको यो संस्थाले आफ्नो स्थापना भएको ३ बर्षभित्र विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको बताइन ।