सेनाको आकस्मिक बैठक : आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय

काठमाडौं, सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ ।  सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राती बसेको आकस्किम बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो ।

प्रधानसेनापति रोजेन्द्र क्षत्रीको नेतृत्वमा बलाधिकृत रथी र बलाध्यक्ष रथीसहित सबै महानिर्देशनालय प्रमुखसहितको बैठकमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।आजको नागरिकमा खबर छ ।

सम्भावित सुरक्षा चुनौती सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन भएको बैठकमा सहभागी एक उपरथीले बताए ।उनका अनुसार तराईका जिल्ला साथै पहाडी र हिमाली भेगमा समेत राजनीतिक आवरणमा विध्वंशका गतिविधि हुन सक्ने विषयमा बैठकमा छलफल भएको हो । उनले भने, अवस्था देश र जनताको अहितमा रहे सामनाका लागि तयार रहन प्रधानसेनापतिबाट निर्देशन भएको हो ।